कोरोना संक्रमणबाट पोखरामा ३६ वर्षीया महिलाको मृत्यु

पोखरा न्यूज । पोखरामा  कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा  उपचाररत पोखरा १३ की ३६ वर्षीया संक्रमित महिलाको बुधबार मृत्यु भएको हो ।

कार्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी महिलाको गए राती ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्रा. डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button