निर्भिक व्यान्डको नयाँ गीत तयार

पोखरा । पोखराको निर्भिक व्यान्डको नयाँ गीत तयार भएको छ । ‘इयर्स गन’ बोलको यो अग्रेजी गीत हो । गीतमा आवाज रोहन मगरले भर्नु भएको छ । रचना र कम्पोजिसन समेत रोहनलेनै गर्नुभएको हो । गीत कार्तिक १४ गते शुक्रबार साँझ ५ बजे सार्वजनिक गरिनेछ ।
निर्भिकमा मुख्य भोकलिष्टको रुपमा पोखरा १२ चापापानीका रोहन मगर, गीतारमा घारिपाटनका प्रशान्त भुजेल र ड्रमरमा पस्र्याङका आशिष परियार रहनुभएको छ । शुक्रबार रिलिज हुने गीतको लागि किबोर्डमा उमेश थापा र वेस गीतारमा पुष्कर खड्काले व्यान्डलाई साथ दिनुभएको छ ।

‘इयर्स गन’ मायामा धोका खाएको थिमको गीत भएको गीतको रचनाकार समेत रहनुभएका मगरले बताउनुभयो । गीतको बारेमा उहाँ भन्नुहुन्छ–‘ मायामा धोका खाएको थिम यसमा छ पुराना गायकबाट प्रभावित भएर तयार गरिएको क्लासिक गीत हो । हामीले यस अगाडि कभर गीत गरेका थियौँ । यो अग्रेजी गीत हो । हामीले त्यति ठूलो अपेक्षा गरेका छैनौ । तर, हामिले सक्दो मेहनत भने गरेका छौँ । सुनिराख्दा मनपर्ने खालको गीत बनेको छ ।’

निरन्तर नयाँ गीत पस्कने आफूहरुको अबको योजना रहेको मुख्य भोकलिष्ट मगरले बताउनुभयो । ‘नयाँ गीत बनाइरहेका छौँ । गीत लेख्दै छौँ । विस्तारै अरु ओर्जिनल गीत पस्किराख्छौँ । त्यसको लागि तयारी अवस्थामानै छौँ’मगरले भन्नुभयो । निर्भिक व्यान्डले नेपाली, हिन्दि र अग्रेजी गीत सुनाउने गर्दछ । रिलिज भने अग्रेजी र नेपाली गीत मात्र गर्ने व्यान्डले जनाएको छ ।

निर्भिक स्थापना भएको एक वर्ष भयो । यस अगाडि रोहन अन-पल्क्ड स्ट्रेन्जस व्यान्डमा आवद्ध हुनहुन्थ्यो । अन-पल्क्डमा समिर थापा मगर, नोयल प्रधान, एल्जन गुरुङ, रोहन मगर हरनुभएको थियो । व्यक्तिगत कामले तीन जनाले व्यान्ड छोडेपछि रोहन एक्लै हुनुभयो । त्यसपछि उहाँको अगाडि दुईवटा अप्सन आए । एउटा व्यान्डलाई निरन्तरता दिने अर्को पढाइमा मात्र फोकस गर्ने । उहाँले अहिले दुईवटै अप्सनलाई एकसाथ हिडाउदै हुनुहुन्छ । एक्लै भइसकेपछि व्यान्डको उहाँले प्रशान्त भुजेलसँग मिलेर कार्यक्रम गर्नुभयो । त्यतिबेला निर्भिक डुको रुपले चिनिनुभयो । सधै दुईजनाले हुँदैन भनेर पछिल्लो समयमा आशिषलाई लिएर तीन जना मिलेर अहिले व्यान्ड बनाएको उहाँको भनाई छ ।

लेकसाइडका रेष्टुरेन्ट तथा बारमा मात्र नभएर आउटडोर सो मार्फत प्रस्तुति राख्दा दर्शकले दिएको सर्पोटले उत्साहित बनेको मगरले बताउनुभयो ।आफूले अग्गालिरहेको जनराले धेरैको मन छुने यो व्यान्डको विश्वास छ । ‘नेपाली म्युजिक इण्डष्ट्रिजमा छुट्टै रिभुलुसन दिउँ भन्ने हो । यो जनरा छ है नेपालमा भन्ने सन्देश दिन चाहन्छौँ । यो जनरालाई मानिसले मनपराउछन् भनेर प्रतिनिधित्व गर्नका लागि नै गरेका हौँ । अहिले ट्रेण्डिङमा आएका गीत जस्तो हैन’ मगरले भन्नुभयो ।

सन् १९८० तिरको क्लासिक अग्रेजी गीतबाट प्रभावित यो व्याण्डले नेपालको १९७४ एडि व्यान्ड सहितका संगीतकर्मीले अपनाएको जनरालाई ‘फलो’ गर्न खोजेको छ । ‘मलाई इन्डी जनरा मनपर्छ । एपेस ट्रिक टाइपको क्लासिकल भाइभहरुमा गीत पस्कदै छौँ’ उहाँले थप्नुभयो ।

निर्भिकको  गीत पोखरामा जारी रहेको सांगीतिक श्रृङ्खला बि.एस.रिदम ब्लाष्ट मार्फत सार्वजनिक हुनेछ । बि.एस. ईन्टरटेण्टमेन्ट पोखराले संचालन गरेको सांगीतिक श्रृङ्खला मार्फत पोखरामा रहेका स्थापित एवं नयाँ व्यान्ड तथा गायकहरुका गीत सार्वजनिक भइरहेका छन् । सिजनको पहिलो श्रृङ्खलामा द ड्रिमर्ज व्याण्डको गीत, दोस्रो श्रृखलामा युवराज पुर्जाको, तेस्रो श्रृखलामा प्रज्वल जोजीजुको, चौथो श्रृखलामा अडियो फार्म व्यान्डको तथा पाँचौ श्रृखलामा द इन्फ्लेम व्यान्डको गीत सार्वजनिक गरिएको थियो ।

नयाँ पुस्ताका श्रोता तथा दर्शकको सांगीतिक तृष्णा मेटाई नयाँ प्रतिभाहरुलाई अवसर प्रदान गर्ने रिदम ब्लाष्ट अन्र्तगत आत्म सर्ग, निष्कर्ष, ब्लाक सीप, वेभ, स्पर्श, विट्नेश, ब्लुमाइण्ड, ब्लाक रोज ब्यान्ड र सुजन पुर्जा, संगम पहाडी, र सब्बुको प्रस्तुति बाँकी नै रहेको छ । यो कार्यक्रमले पोखराको सांगीतिक माहोललाई जगाउन सघाउने आयोजकले विश्वास गरेका छन् । रिदम व्लाष्ट पहिलो सिजन १७ श्रृङ्खलासम्म चल्ने बि.एस.ईन्टरटेण्टमेन्ट पोखराका संचालक सन्जु सुनारले बताउनुभयो ।

आफ्नो गीत सुनेर र हेरेर प्रतिक्रिया दिन निर्भिक व्यान्डले सबै संगीत पारखीहरुमा आग्रह गरेको छ । दर्शकका सुझाब तथा प्रतिक्रियाको आधारमा नयाँ सांगीतिक कोशेली निरन्तर पस्कने तयारी यो व्यान्डले बनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button