कतारको हमाद विमानस्थलमा भेटिएको शिशुको आमा फेला परिनन्

दोहा कतार । गएको आइतबार अस्ट्रेलियन सञ्चार गृह च्यानल सेभेनले १३ जना आफ्ना नागरिकहरूलाई कतारबाट स्वदेश फर्कनु पूर्व अक्टोबरको २ तारिक हमाद विमानस्थलमा अनावश्यक रूपमा परीक्षण तथा चेकजाँच गरेको घटना सार्वजनिक गरे यता कतारको विमानस्थलबिबादमा परेको छ । यो घटनालाई लिएर विश्व प्रख्यात सञ्चार गृह बिबिसी र द गार्जियनले समेत समाचार प्रकाशित गरी सकेकाछन्।

खास घट्ना के हो ?

अक्टुवर २ तारिक विमानस्थलको शौचालयमा नवजात शिशु कागजमा पोको पारेर प्लास्टिकको झोलामा लुकाई फोहोरको डव्वामा फालिएको अवस्थामा फेला परेपछि शङ्कास्पद यात्रुहरूलाई कडाइका साथ निरीक्षण तथा चेकजाच गरिएको थियो । सोही क्रममा अष्ट्रेलिया उड्न लागेका केही महिलाहरू चेकजाँचमा परेका थिए । उक्त बच्चा कसको हो भन्ने यकिन नभए पनि बच्चा स्वस्थ र सुरक्षितरहेको जनाइएको छ ।

विमानस्थल के भन्छ ?

घटना बाहिरिएपछि विमानस्थलले एक विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीहरूले शौचालयमा नवजात शिशु फेला पारेपछि महिलाहरुको परीक्षण गरिएको जनाएको छ । विमानस्थल आफ्ना यात्रुको सुरक्षा र सुविधामा प्रतिबद्ध रहेको जनाएको छ । विमानस्थलको इतिहासमै यस्तो प्रकृतिको घटना पहिलो पटक भएको हो । कतारको कानुन उल्लघंनसँगै ज्यान जोखिम सम्बन्धी घटनाभएका कारण त्यो समयमा चेकजाँचमा परेका महिलाहरूलाई कारण बताउन नसकेको र ती यात्रुहरूको ब्यक्तिगत स्वतन्त्रताको हकउल्लघंन भएकोमा विमानस्थलले माफी मागेको छ ।

उक्त घटनालाई लिएर कतारका प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले गम्भीर भएर अनुसन्धान गर्न निर्देशन दिएका छन् । अनुसन्धानको नतिजा अन्तर्राष्ट्रिय मानवअधिकार कर्मी तथा मिडियाकर्मी माझ कतारले स्पष्ट रूपमा सार्वजनिक गर्ने समेत थानीले बताएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button