’मलमल कुर्तावाली’ गीत सार्वजनिक

पोखरा । गायक पृथ्वी खनालको नयाँ गीत ’मलमल कुर्तावाली’ हालै सार्वजनिक भएको छ । गीतमा पृथ्वीसँगै मेचु धिमालको आवाज सुन्न सकिन्छ ।

गायन रियालिटी सो भ्वाइस अफ नेपालबाट चर्चामा आएका पृथ्वी र मेचुको संयुक्त आवाज रहेको यो पहिलो गीत हो । भ्वाइस अफ नेपालमा पृथ्वी उत्कृष्ट १३ र मेचु उत्कृष्ट ८ सम्म पुग्न सफल हुनुभएको थियो ।

गीतको रचना लेखु सहयात्रीले गर्नुभएको हो भने संगीत करण राज कार्कीले भर्नुभएको छ । गीतको एरेन्ज देवेश राई, मिक्सिङरमास्टरिङ किशोर थापाले गर्नुभएको हो । रेकर्डिष्ट राजेश श्रेष्ठ रहेको गीत म्युजिसियन ए वन स्टुडियोमा रेकर्ड भएको हो ।

गीतको भिडियो समेत आकर्षक बनेको छ ।भिडियोमा पृथ्वी, मेचु र सन्तोष पाण्डेको मुख्य अभिनय हेर्न पाईन्छ । ग्रिष्मा भट्ट र गिरिस भट्ट को निर्माणमा बनेको गीतको भिडियोमा श्रृङ्गार दिपसन परियार, ड्रोन अभिनाष मानन्धर, छायांकन अनिल के मानन्धर, सम्पादनरकलर मनोज कार्की, कथा पृथ्वी खनाल र कोरियोग्राफी र निर्देशन मौसम हिमालीले गर्नुभएको छ। गीतबाट दर्शक श्रोताको माया पाउनेमा गायक पृथ्वी खनाल आशावादी हुनुहुन्छ ।गीत पृथ्वी खनाल युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button