पोखरामा स्क्वाशका पूर्व राष्ट्रिय खेलाडी शाक्यको निधन

पोखरा न्यूज । स्क्वाशका पूर्व राष्ट्रिय खेलाडी तथा कास्की जिल्ला स्क्वाश र्याकेट संघका कार्य समिती सदस्य बिकास रत्न शाक्यको निधन भएको छ ।

पोखराको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा शाक्यको ५३ वर्षको उमेरमा निधन भएको संघका सचिब प्रविन कुमार पालिखेले जानकारी दिनुभएको छ । उहाँ सन २००५ मा केसी स्क्वाश प्रतियोगिताको च्याम्पियन रहनु भएको थियो भने २०६८ सालमा सम्पन्न छैटौ राष्ट्रिय खेलकुदमा पश्चिमान्चलबाट सहभागिता जनाउनुभएको थियो ।

संघका संस्थापक समेत रहनुभएका पोखरा ३ तेर्सापट्टी निवासी शाक्यका श्रीमती, १ छोरा र २ छोरीहरु रहेका छन । संघका अध्यक्ष पुष्पराज श्रेष्ठले पोखराको स्क्वाश खेलको बिकासका लागि निरन्तर खटिने एक व्यक्तित्व गुमाएको भन्दै उहाँको निधनमा गहिरो दुःख व्यक्त गर्नु भएको छ । संघले उहाँप्रती श्रद्धाञ्जली व्यक्तगर्न पोखरा रंगशालामा हुँदै आएको स्क्वाश प्रशिक्षण दुई दिनका लागि स्थगित रहने उहाँले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button