पोखरामा ५० सहित गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पोखराका ५० सहित गण्डकी प्रदेशमा मंगलबार दिउसो थप ९७ जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पोखरा महानगरपालिकामा ५० सहित गण्डकी प्रदेशमा ९७ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिकाका ५० जना, कास्की मादी गाउँपालिकाका २ जना, तनहुँका २१ जना, बागलुङका १३ जना, मुस्ताङका ३ जना, स्याङ्जाका १ जना, लमजुङका २, नवलपुरका ३ जना गरी कूल ९७ जना रहेका छन् ।

पोखरा महानगरपालिकामा संक्रमित हुनेहरुमा वडा नं १ का १ पुरुष, ३ का २ पुरुष तथा १ महिला, ४ का ५ पुरुष, ६ का १ पुरुष तथा २ महिला, ७ की १ महिला, ८ का २ पुरुष, ९ को २ पुरुष तथा १ महिला, १० का २ पुरुष, ११ का १ पुरुष, १२ का २ पुरुष तथा १ महिला, १३ का १ पुरुष, १४ का १ पुरुष, १६ का २ महिला, १७ का ३ महिला, २५ का २ पुरुष, २६ का १ पुरुष तथा १ महिला, २७ का २ पुरुष, २९ को १ पुरुष तथा १ महिला, वडा नखुलेका २ पुरुष १ महिला, चरक अस्पतालमा उपचाररत १ पुरुष, आस्था अस्पताल उपचाररत २ पुुरुष तथा २ महिला, कास्की मादीगाउँपालिका वडा नखुलेका १ पुरुष तथा १ महिला रहेका छन् ।

त्यस्तै बागलुङ वडिगार्ड ३ का १ पुरुष, बागलुङ नगरपालिका २ का २ पुरुष तथा वडा नखुलेका ३ पुरुष र ४ महिला, बागलुङ गलकोट ४ की १ महिला, ७ का १ पुरुष तथा १ महिला, तनहुँ बन्दीपुर नगरपालिका वडा नखुलेका ४ पुरुष, तनहुँ भिमाद ४ का १ पुरुष, व्यास ५ की १ महिला, तनहुँ रिसिङ १ का ९ पुरुष, भानू २ का ३ पुरुष, ७ का २ पुरुष तथा १ महिला नवलपुर कावासोती वडा नखुलेका २ पुरुष तथा १ महिला, मुस्ताङ चराङ २ का १ पुरुष, घरपजोङ ३ की १ महिला, थासाङ ५ का १ पुरुष स्याङजा भीरकोट ७ का १ पुरुष, स्याङ्जा वालिङ १ का १ पुरुष, ९ का १ पुरुष, लमजुङ मध्ये नेपाल ६ का की १ महिला, ७ का १ पुरुष रहेका छन् योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९६० पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button