दुई आजिवन सदस्यको निधनले मञ्च स्तव्ध

पोखरा । भुतपूर्व खेलाडी मञ्च नेपालका दुई जना आजिवन सदस्य तथा अग्रज खेलाडीहरुकोे निधन भएको छ ।

पोखरा ४ निवासी खुवबहादुर बरालको गत कार्तिक ८ गते र पोखरा १ निवासी नर बहादुर गुरुङको कार्तिक १३ गते निधन भएको हो । सिङ्गापुर प्रहरीका अवकास प्राप्त उहाँहरु दुवै जना एथलेटिक्स खेल सँग आवद्ध रहनुभएको मञ्चका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभएको छ । स्व.गुरुङ नगर विकास प्रशिक्षण केन्द्रका पूर्व खेल प्रशिक्षक समेत रहनुभएको थियो भने उहाँ एथ्लेटिक्सको राष्ट्रिय खेलाडी समेत हुनुहुन्थ्यो ।

उहाँहरु दुवैजनाको निधनले मञ्चका आजिवन सदस्य मात्रै नभई पोखराको ए्थ्लेटिक्स खेल बिकासमा महत्वपूर्ण योगदान पुर्याउनुहुने व्यक्तित्वहरु गुमाउन पुगेकोमा मञ्च परिवार स्तव्ध रहेको महासचिव खेम गुरुङले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button