बंगालादेश जाने राष्ट्रिय टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तरण

पोखरा न्यूज । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिब रमेश कुमार सिलवालले बंगालादेश सँग मैत्रीपूर्ण फुटबल खेल खेल्न जाने राष्ट्रिय टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नु भएको छ ।

कोभिड–१९ को कहर पछि नेपाली राष्ट्रिय फुटबल टोली विदेश यात्रामा जाने भएको हो । राष्ट्रिय टोली बिहिबार बिहान बंगालादेश जाने कार्यक्रम तय भएको छ । नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते खेल्ने तय भएको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एन्फालाई प्रशिक्षणका लागि अनुमति दिए पछि नेपाली राष्ट्रिय टोलीले प्रशिक्षण शुरु गरेको थियो । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेका कारण एन्फाले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी शुरु गरेको थियो । टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल छन् ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button