कतारमा कोरोना संक्रमण घट्दो क्रममा

पोखरा न्यूज संवाददाता /दोहा कतार । गत फेब्रुअरीको अन्तिम सातावाट कतारमा कोरोना देखिएको थियो । पछिल्लो ९ महिनामा कतारले कोरोनालाई परास्त गर्नमा सफल हुँदै गई रहेको छ । स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार कोरोनाको सङ्क्रमण घट्दै गएको देखिएको छ ।

अब निको हुन् २ हजार ७ सय २४ जना मात्र बाँकी रहेका छन् । पछिल्लो २४ घण्टामा २२७ जनामा कोरोना पोजेटिभ देखिएको छ जस मध्य १९२ जना स्थानीय समुदायका नागरिक हुन् भने ३५ जना कतार बाहिरबाट प्रवेश गरेका व्यक्तिहरू हुन् । २१२ जनाले स्वास्थ्य लाभ गरेका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या २३२ रहेको छ, जस मध्य १८ जना नेपाली नागरिक रहेका छन् । तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ६७ जनामा परीक्षण गरिएको हो ।

कतारमा सङ्क्रमित तथा मृत्य हुनेको रास्ट्रियता सरकारले खुलाएको छैन । यद्धपि कुल सङ्क्रमित सङ्ख्या १ लाख ३३ हजार ३ सय ७० पुगेको छ भने १ लाख ३० हजार ४ सय १४ जनाले स्वास्थ्य लाभ गरी सकेका छन् । सङ्क्रमित मध्ये ३ सय ०३ जनालाई डाक्टरहरूको निगरानीमा अस्पतालको क्वारेनटिनमा राखिएको छ भने थप ०२ सहित ३७ जनालाई आइसियुमा राखी उपचार जारी राखिएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button