मञ्चका संस्थापक अध्यक्ष रानाभाट दम्पतीलाई कोरोना पुष्टि

पोखरा न्यूज । भुतपूर्व खेलाडी मञ्च नेपालका संस्थापक अध्यक्ष खडग बहादुर रानाभाट सहित श्रीमती सगुन सिंह रानाभाटलाई कोरोना पुष्टि भएको छ ।

संस्थापक अध्यक्ष रानाभाटलाई १८ गते गरिएको स्वाव परीक्षणमा १९ गते कोरोना पुष्टि भएको हो । श्रीमतीलाई कोरोना पुष्टि भएपछि आफूले समेत परीक्षण गर्दा कोरोना पुष्टि भएको बताउनु भयो । उहाँकी श्रीमती सगुन सिंह रानाभाट मनिपाल नर्सिङ क्याम्पसको क्यापम्स प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्व सदस्य तथा अग्रज खेलाडी रानाभाट नौलो घुम्ती नेपालका अध्यक्ष समेत हुनुहुन्छ । कोरोना पुष्टि पछि आफ्नै निवासमा रहनुभएका उहाँले आफ्नो स्वास्थ्यस्थिती सामान्य रहेको बताउनुभयो ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button