पोखराको साइकल टोली मनाङको तिलिचोतर्फ

पोखरा न्यूज । आन्तरिक पर्यटन प्रवद्धर्नका साथै “स्वास्थ्यका लागि साइकल यात्रा” भन्ने नाराका पोखराको एक साइकल टोली मनाङका लागी निस्किएको छ ।

माउन्टेन बाइक एडभेन्चरको आयोजनामा “कोभिड–१९ च्यालेन्ज २०२० साइकल टुर” अन्तरगत १० जनाको समुह एकसाताको लागि मनाङ तिलिचोतालको यात्रामा जान लागेको हो । आन्तरिक पर्यटनका लागी साइकल यात्रा पनि उत्तिकै महत्वपुर्ण छ भन्ने सन्देश दिन मनाङका लागि जानलागेको टिमका संयोजक धरम सिंह लामिछानेले बताउनुभएको छ । उहाँले भन्नुभयो–“गण्डकी प्रदेश सहासिक खेलकुदको गन्तव्य हो भन्ने चिनाउन हाम्रो प्रयास रहनेछ ।”

पोखराबाट प्रस्थान गर्नु अघि कुरा गर्दै टिमका संयोजक लामिछानेले साइकलबाटनै थोरङलापास गर्ने योजना रहे पनि कोभिड–१९ का कारण मुस्ताङतर्फ बन्द भएकोले तिलिचो सम्म पुग्ने योजना बनेको बताउनुभयो । उहाँले भन्नुभयो–“हाम्रो योजना कोभिडका कारण केही समस्या भयो,” उहाँले थप्नुभयो–“मुस्ताङ तर्फ खुलेको भए टोलीमा ४० भन्दा वढी सदस्य हुनेथिए ।” टिमले तिलिचोताल, थोरङला र मनाङका अन्य गाउँहरुको यात्रा समेत गर्ने उहाँले जानकारी दिनुभयो ।

साइकलमा मनाङ निस्किएको टोलीलाई अग्रज पर्यटन व्यवसायी गणेश बहादुर भट्टराई, पर्यटन बोर्डका पूर्व सदस्य सदस्य टिकाराम सापकोटा, रेवान पोखराका अध्यक्ष लक्ष्मण बराल लगाएतले विदाई गरेका थिए ।

सो अवसरमा वोल्दै पर्यटन वोर्डका पूर्व सदस्य सापकोटाले कोभिड–१९ को समयमा पर्यटन सुस्ताएको बेला यो यात्राले आन्तरिक पर्यटन पवद्धर्न गर्न सहयोग पुग्ने बताउनुभयो । अग्रज पर्यटन व्यवसायी भट्टराईले यो साइकल यात्राले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश पुर्याउन सहयोग पुग्ने भनाई राख्नुभयो । उहाँले मनाङ साइकल यात्राका लागि सुरक्षित गन्तव्य हो भन्ने पहिचान दिन यो साइकल यात्रा फलदायीहुने विश्वास समेत व्यक्त गर्नुभयो ।

साइकल टुरमापोखराकी एक महिला पत्रकार सहित १० जनाको टोली रहेको छ । टोलीमा धर्मसिहं लामिछाने, महिला पत्रकार दुर्गा अधिकारी, जगन विश्वकर्मा, कुमार गुरुङ्, विनोद थापा, दिवश गुरुङ्, राजिव पालिखे, विश्वास गुरुङ्, लक्ष्मण सुनार र खड्कबहादुर विक रहेकाछन् । मनाङ जाने साइकल टोलीलाई रेवान र शुलभ डिर्पाटमेन्ट स्र्टोसले सहयोग गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button