पत्रकार रानाभाटले स्वीट्जरल्याण्ड भित्र नेपाल खोज्दा

पोखरा न्यूज । पत्रकार बसन्त रानाभाटले निर्माण गरेको स्वीट्जरल्याण्डबारेको डकुमेन्ट्री सार्वजनिक भएको छ । युरोपबाट सक्रिय रुपमा कलम चलाउदै आउनुभएका रानाभाटले स्वीटजरल्याण्डमा घुमेका, देखेका दृश्य र कुराकानी समावेश डकुमेन्ट्री हालै सार्वजनिक गर्नुभएको हो । रानाभाटको जन्मथलो पोखरा महानगरपालिका वडा नम्बर २१ कृस्ती हो । उहाँले पत्रकारिताको यात्रा पोखराबाट गर्नुभएको थियो । उहाँ हाल अनलाइनखबर डट कममा आवद्ध हुनुहुन्छ ।

‘स्वीट्जरल्याण्डका शहरहरुको अवलोकन, अध्ययन विभिन्न भेटघाट तथा कुराकानीको आधारमा स्वीट्जरल्याण्डबाट नेपालले सिक्ने बिषयलाई यात्रा अनुभूतिसहित भिडियोमा समाबेश गरिएको छ’ पोखरा न्यूजसँग रानाभाटले बताउनुभयो ।

नेपालजस्तै भूगोल, डाँडाकाँडा हिमाल र पहाड भएको एउटा संघीय, लोकतान्त्रिक,गणतान्त्रिक मुलुक स्वीट्जरल्याण्डबारे नेपालमा सधैं चर्चा हुने भएकाले त्यहाँको बिकासबारेको चर्चा डकुमेन्ट्रीमा गरिएको छ । नेपाललाई पनि स्वीट्जरल्याण्डजस्तै उन्नत मुलुक बनाउने भन्दै नेपाली राजनीतिज्ञहरुबाट पटक–पटक बताउदै आएका छन् ।

रानाभाट भन्नुहुन्छ ‘सन् २०१९ मार्चको तेस्रो साता स्वीट्जरल्याण्ड यात्राको क्रममा हामीले दृश्यहरु खिचेका थियौं । सन् २०२० मा युरोपको नेपाली समुदाय माँझ पुर्याउने लक्ष्य थियो । तर कोरोनाका कारण हामीले त्यसो गर्न सकेनौं। ढिलै भएपनि युट्युबमार्फत सार्बजनिक गरेका हौँ ।’

लण्डनलाई कार्यथलो बनाएर बीबीसी नेपाली सेवामा लामो समय पत्रकारिता गरेका पत्रकार भगीरथ योगीले डकुमेन्ट्रीका लागि स्किष्ट सल्लाहकारको रुपमा सहयोग पु¥याउनुभएको छ । यात्रामा समेत सहभागी बन्नुभएका पत्रकार योगीको विश्लेषणलाई पनि डकुमेन्ट्रीमा समाबेश गरिएको छ ।

तनुहँ जन्मथलो भई हाल स्वीट्जरल्याण्ड बस्दै आउनुभएका पत्रकार हिरालाल श्रेष्ठले भिडियो छायाङ्कन तथा सम्पादन गर्नुभएको हो । युरोपका चर्चित गायक सुभास सुन्दास र संगीतकार रामु परियारले डकुमेन्ट्रीका लागि “नेपाल बन्छ स्वीट्जरल्याण्ड” बोलको गीत समेत तयार पार्नभएको छ । डकुमेन्ट्री अनलाइनखबरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । डकुमेन्ट्रीले स्वीट्जरल्याण्डबारे बुझ्न सघाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button