पोखराको चरक हस्पिटलमा कोरोनाबाट २९ वर्षीया महिलाको मृत्यु

पोखरा न्यूज । पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत एक महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण भई हस्पिटलमा उपचाररत पोखरा १७ की २९ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार दिउसो २:२३ मा  मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।डा. शर्माका अनुसार उहाँमा १६ गते  कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसै गरि नवलपुर गैंडाकोट १२ का ८२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार दिउसो २:०० बजे चितवन मेडिकल कलेज पोखरामा उपचारको क्रममा  मृत्यु भएको निर्देशनालयले जनाएको छ

यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button