पोखराका ४० सहित गण्डकीमा थपिए ६४ जना कोरोना संक्रमित

पोखरा । पोखरा महानगरपालिकामा ४० जनासहित गण्डकी प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष, २ का १ पुरुष, ३ का ४ पुरुष तथा ३ महिला, ४ का १ महिला, ५ का १ पुरुष, ७ का १ पुरुष, ८ का २ पुरुष तथा २ महिला, ९ की १ महिला, १० का २ पुरुष तथा २ महिला, ११ का १ पुरुष, १३ का २ पुरुष तथा १ महिला, १४ की १ महिला, १५ का १ पुरुष तथा १ महिला , १६ का १ पुरुष, १७ का ४ पुरुष तथा ३ महिला र वडा नखुलेका ४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी गोरखा शहिद लखनथापा गाउँपालिका १ पुरुष, तनहुँ भिमादका १ पुरुष तथा ८ महिला, तनहुँ घिरिङका २ पुरुष, तनहुँ म्याग्देका १ महिला, तनहुँ व्यासका १ पुरुष, बागलुङ जिल्ला बागलुङ नगरपालिकाका १ महिला तथा १ पुरुष, स्याङ्जा जिल्ला पुतली बजारका १ महिला, नवलपुर गैडाकोट २ पुरुष तथा १ महिला, कावासोतीका २ महिला, नवलपुर मध्यबिन्दुका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९,०१७ पुगेको जानकारी गण्डकी स्वास्थ्य निर्देशनालयले दिएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button