पोखरामा शनिबार थपिए १८६ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरा महानगरका १८६ सहित शनिबार  गण्डकी प्रदेशमा थप २ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरमा १८६ सहित, गोरखाका ३१ जना,  तनहुँका २८, लमजुङका १०, पर्वतका २, वागलुङका १०, स्याङजका ४ तथा नवलपुरका ६ गरी गण्डकी प्रदेशमा शनिबार दिउसो २ सय ७८ संक्रमित थपिएका हुन ।

पोखरा महानगरपालिका वडा १ का २ पुरुष , २ का ४ पुरुष तथा ३ महिला, ३ का ४ पुरुष ५ महिला, ४ का ७ पुरुष तथा १ १ महिला, ५ का ६ पुरुष तथा २ महिला, ६ का एक पुरुष, ७ का १५ पुरुष तथा ७ महिला, ८ का ६ पुरुष तथा ६ महिला, ९ का ३ पुरुष तथा २ महिला, १० का ६ पुरुष तथा ६ महिला , ११ का ५ पुरुष तथा ४ महिला, १२ का १ पुरुष , १३ का ७ पुरुष तथा २ महिला, १४ का १ पुरुष तथा ४ महिला, १५ का ४ पुरुष तथा ३ महिला, १६ का ४ पुरुष तथा १ महिला, १७ का १७ पुरुष तथा ५ महिला, १८ का १ पुरुष  तथा ३ महिला, २० का ३ पुरुष, २३ का १ पुरुष तथा  १ महिला, २५ का २ पुरुष तथा ५ महिला, २६ का १ पुरुष तथा २ महिला, २७ की १ महिला, २८ की १ महिला, ३३ का १ पुरुष र वडा नखुलेका १३ पुरुष तथा ७ महिला रहेका छन ।

त्यसै गरि गोरखाको अजिरकोटका २ पुरुष तथा ४ महिला, गोरखा नगरपालिकाका १४ पुरुष तथा ५ महिला, पालुङटारका १ पुरुष तथा २ महिला, शहिद लखनथापा गाउँपालिका १ पुरुष, तनहुँको बन्दीपुरका २ पुरुष, भिमादका १ पुरुष तथा ८ महिला, तनहुँ घिरिङका २ पुरुष, तनहुँ व्यासका २ पुरुष तथा ३ महिला, म्याग्देका १ पुरुष तथा २ महिला,  पालिका नखुलेका ७ पुरुष, लमजुङका मर्स्याङ्दीका ७ पुरुष तथा ३ महिला , पर्वत पैयुँका २ पुरुष, वागलुङको वागलुङ नगरपालिकाका ६ पुरुष तथा ४ महिला,  तथा स्याङ्जा जिल्ला पुतलीबजारका १ महिला, पालिका नखुलेका  ३ पुरुष, नवलपुर गैडाकोटका २ पुरुष तथा १ महिला, कावासोतीका २ महिला र मध्यबिन्दुका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार १७ पुगेको छ । प्रदेशमा थप १७ जना डिस्चार्ज भए संगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ८ सय ५२ पुगेको छ ।

शनिबार गण्डकी प्रदेशमा पोखरामा उपचाररत २ सहित ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । कोरोना सङ्क्रमण भई चरक मेमोरियल हस्पिटलमा उपचाररत पोखरा १७ की २९ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार दिउसो २:२३ मा  मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । डा. शर्माका अनुसार उहाँमा १६ गते  कोरोना संक्रमण पुष्टि भएको थियो ।

फेवा सिटी हस्पिटलमा उपचाररत स्याङजा पुतलीबजार ८ की ७३ वर्षीया कोरोना संक्रमित महिलाको पनि  उपचारका क्रममा शनिबार मृत्यु भएको उहाँले जानकारी दिनुभयो । त्यसै गरि नवलपुर गैंडाकोट १२ का ८२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार दिउसो २:०० बजे चितवन मेडिकल कलेज पोखरामा उपचारको क्रममा  मृत्यु भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button