पूर्वाधार विकासका कारण खेलकुद विकासले गति लिएको छ–मन्त्री विश्वकर्मा

पोखरा । यूवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले पूर्वाधार विकासका कारणले नै खेलकुदले गति लिएको बताउनुभएको छ ।

मन्त्री विश्वकर्माले पोखरा महानगरपालिका वडा नं २३ स्थित बाम्दीमा निर्माण सम्पन्न भएको भलिवल खेलमैदान उद्घाटनका क्रममा उक्त कुरा बताउनुभएको । बाम्दीमा निर्माण भएको भलिवल खेल मैदान पोखरा रंगशालाको वैकल्पिक भलिवल खेल मैदानको रुपमा सम्भावना बोकेको खेल मैदान भएको बताउँदै भन्नुभयो–“कास्कीको निर्वाचन क्षेत्र नं ३ को मात्रै होइन समग्र कास्कीका तिनवटै निर्वाचन क्षेत्रमा खेलकुद विकासका लागि मन्त्रालय  अघि बढेको छ ।”

मन्त्री विश्वकर्माले बाम्दीको भलिवल खेल मैदानले यस क्षेत्रका यूवाहरुको चाहन पुरा हुने बताउँदै मन्त्री विश्वकर्माले मन्त्रालयले समग्र नेपालको खेलकुद विकासको काममा अघि वढेको बताउनुभयो । उहाँले देश व्यापीरुपमा खेलकुदको विकास भएको बताउँदै मन्त्री विश्वकर्माले देशका सात वटै प्रदेशमा ठूला खेलकुदका पूर्वाधारहरु निर्माण हुने क्रममा रहेको बताउँदै खेलकुद पूर्वाधारको विकासले नै खेलाडी उत्पादनमा योगदान पुग्ने धारणा राख्नुभयो ।

पोखरा रंगशाला देशकै गौरव गर्ने रंगशालाको रुपमा निर्माण भएको बताउँदै मन्त्री विश्वकर्माले पोखराले आफ्नो खेलकुदको गर्विलो इतिहास कायम गर्नेमा यहाँका खेलकुद पूर्वाधारले पुरा गर्नेे विश्वास व्यक्त गर्नु भयो । बाम्दीमा निर्माण भएको भलिवल खेल मैदानले विकासमा नयाँ आयाम थपिने धारणा अघि सार्दै उहाँले भन्नुभयो–“एउटा गाउँ ठाउँको विकास मात्रै होइन समग्र नेपालको विकास गर्दै समृद्ध नेपालको आंकाक्षा पुरा गर्ने तर्फ सरकार अघि बढेको छ ।”

कार्यक्रममा वोल्दै गण्डकी प्रदेशका साँसद राजिव पहारीले बाम्दीको भलिवल खेल मैदान सँगै यहाँको सडक सञ्जालको विकासले यस क्षेत्रको विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले १३ औं दक्षिण एशियाली खेलकुद (साग) जुन सफलताका साथ सम्पन्न भयो त्यसले नेपाली खेलकुदको भविष्य उज्जवल रहेको धारणा राख्नु भयो ।

जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले गत आर्थिक वर्षमा कास्कीमा १६ योजनालाई सफलतापूर्वक कार्यान्वयन भएको बताउँदै अप्ठ्यारो समयमा समेत उपभोक्ता समितिले जिम्मेवारी पुरा गर्दै अनुकरणीय कार्य गरेको बताउनुभयो ।

कास्की जिल्ला भलिवल संघका अध्यक्ष एवम बाम्दी भलिवल खेल मैदान उपभोक्ता समितीका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २३ का अध्यक्ष विष्णु पराजुली लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा उपभोक्ता समितीकी संयोजक पार्वती अधिकारीले मैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालय एक स्थानिय तह एक खेलकुद मैदान मार्फत ५० लाख तथा जन श्रमदानमा ५ लाख ८४ हजार खर्च भएको अधिकारीले जानकारी दिनुभयो ।

मन्त्री विश्वकर्माले शनिवार पोखरा वडा नं २३, २४ र १८ मा विभिन्न खेलमैदान तथा विकास निर्माणका कामहरुको समेत निरिक्षण गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button