गण्डकी प्रदेशमा “चालकसँग १ मिनेट कार्यक्रम” शुरु

पोखरा न्यूज । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले राजमार्ग तथा शहरी क्षेत्रमा संचालन हुने गरी “चालकसँग १ मिनेट कार्यक्रम” शुरु गरेको छ ।

लकडाउन खुकुलो हुँदा सडकमा सवारी साधनको संख्या बृद्धि भएसँगै सवारी दुर्घटना बढ्न सक्ने संभावनालाई ध्यानदिँदै सम्भावित सवारी दुर्घटना न्यूनीकरणको लागी यस्तो कार्यक्रम ल्याइएको हो । कात्तिक २३ गतेदेखि पहिलो चरण अन्तरगत एक महिनाका लागि दैनिक रुपमा “चालकसँग १ मिनेट कार्यक्रम” संचालनमा ल्याइएको उक्त कार्यालयले जनाएको छ ।

यस कार्यक्रम अन्तरगत सडकमा खटिइको ट्राफिक प्रहरीले सर्वप्रथम सवारी साधनलाई रोक्ने काम गर्छ अनि सावरी चालकलाई सम्मानपुर्वक नमस्कार गर्दछ । त्यसपछि कोरोना भाईरसबाट बच्नको लागी सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा मास्क प्रयोग गरौँ, सवारी साधन चलाउदाँ अनिवार्य रुपमा सिट बेल्ट लगाऔँ, मोटरसाइकल र स्कुटर चलाउँदा हेल्मेट र हेल्मेटको फित्ता अनिवार्य रुपमा लगाऔँ, मादक पदार्थ तथा नसाजन्य चिज बस्तुहरु सेवन गरि सवारी साधन नचलाऔँ र तीब्र गतीमा सवारी साधन नचलाऔँ भन्दै सवारी चालकलाई सचेतनामुलक सन्देश दिन्छन र तपाईको यात्रा सुरक्षित रहोस ! नमस्कार भनि १ मिनेट भित्र बिदा गर्छन ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थाई ट्राफिक पोष्टहरुले एकै पटक यो कार्यक्रम शुरु गरिएको छ भने यसलाई पहिलो चरणमा १ महिना सम्म संचालन गरिने छ । संक्रमणबाट बच्ने बचाउने र सवारी चालकको लापरवाहीबाट हुने दुर्घटनामा न्यूनीकरण होस् भन्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. जनता सङ्ग समन्वय गर्नु स्वागत योग्य काम हो,
    धन्यवाद तर लाईसेन्स र बिलु बूक सोधेर हैरान नगर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button