पोखराका २९ सहित गण्डकीका ५३ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा न्यूज । पोखराका २९ सहित गण्डकी प्रदेशमा आइतवार ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका २९ सहित गण्डकी प्रदेशका मुस्ताङका ४, म्याग्दीका ३, स्याङजाका २, लमजुङका १०, गोरखाका १, तनहुँका १ गरि ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगर वडा नं १ का ५ महिला, ३ का १ पुरुष तथा १ महिला, ४ की १ महिला, ५ का १ पुरुष तथा २ महिला, ६ का १ पुरुष, ७ का १ पुरुष, ८ का २ पुरुष तथा २ महिला, १५ का ३ पुरुष तथा ३ महिला, १६ का १ पुरुष, १७ का १ पुरुष तथा २ महिला, १९ का १ पुरुष, २१ का १ पुरुष रहेका छन ।

त्यसै गरी मुस्ताङ पालिका नखुलेका २ पुरुष तथा २ महिला, म्याग्दी बेनी ८ की १ महिला, म्याग्दी पालिका नखुलेका २ पुरुष, स्याङजा पुतलीबजार २ का १ पुरुष, १० का १ पुरुष तथा १ महिला, आँधिखोला वडा नखुलेका २ महिला, लमजुङ पालिका नखुलेका १० पुरुष, गोरखा पालुङटार २ का १ पुरुष, तनहुँ व्यास ७ का १ पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमतिको संख्या ९ हजार ७१ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button