पोखरामा थपिए १३० कोरोना संक्रमित

पोखरा न्यूज । पोखरा महानगरपालिकाका १३० सहित गण्डकी प्रदेशका १९७ जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं १ का ३ पुरुष तथा १ महिला, २ का १ पुरुष तथा १ महिला, ३ मा ८ पुरुष तथा ४ महिला, ४ मा १ पुरुष तथा २ महिला, ५ मा ६ पुरुष तथा १ महिला, ६ मा १ पुरुष तथा ५ महिला, ७ का ८ पुरुष तथा ५ महिला, ८ मा १ महिला तथा ४ पुरुष, ९ मा ५ पुरुष तथा ३ महिला, १० मा ३ पुरुष तथा ८ महिला, ११ मा ३ पुरुष तथा १ महिला, १२ मा ३ पुरुष तथा २ महिला, १३ मा १ पुरुष तथा १ महिला, १४ मा २ पुरुष तथा ३ महिला, १५ मा १२ पुरुष तथा ४ महिला, १६ की १ महिला, १७ मा ४ पुरुष तथा १ महिला, १९ मा ४ पुरुष तथा १ महिला, २० मा १ पुरुष, २१ म १ महिला, २५ मा १ पुरुष तथा १ महिला, २६ मा १ महिला, २८ मा २ पुरुष तथा २ महिला, ३० मा १ महिला तथा १ पुरुष, ३१ का २ महिला र वडा नखुलेका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै गोरखा जिल्ला पालिका नखुलेका ४ पुरुष, लमजुङ सुन्दरबजार–१ का १ पुरुष, इशानेश्वर १ पुरुष, नवलपुर जिल्ला मध्यबिन्दु अस्पतालमा उपचाररत ३ पुरुष तथा ४ महिला, नवलपुर हुप्सेकोट वडा नखुलेका १४ पुरुष तथा ८ महिला, पर्वत जिल्ला पलेवास १ पुरुष ६ महिला, पर्वत कुश्माका १ महिला, स्याङ्जा फेदीखोलाका आठ महिने बालिका सहित १ पुरुष, पुतलीबजारका १ पुरुष, २ का २ महिला, ९ का १ पुरुष, वालिङ ९ का १ महिला, आँधिखोलाका १ पुरुष, तनहुँ म्याग्देका १ पुरुष, स्याङ्जा चापाकोटका १ महिला , कालिगण्डकीका १ पुरुष, भीरकोट वडा नखुलेका १ पुरुष, गल्याङ नगरपालिका वडा नखुलेका ४ पुरुष तथा १ महिला, तनहुँ रिसिङका १ पुरुष, आबुँखैरेनीका ७ पुरुष तथा २ महिला, तनहुँ पालिका नखुलेको २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९,३२८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button