कोरोनाले सबै खेलको खेल तालिका प्रभावित

पोखरा न्यूज । कोरोना महामारी नभएको भए अहिले खेलकुदको माहोल निकै उचाईमा हुन्थ्यो ।

कतार विश्वकप फुटबल छनोट खेलले फुटबलको महोल बनाउँदा क्रिकेटको अन्तर्राष्ट्रिय भ्रमणले नेपाली खेलकुद चर्चित हुने थियो । राष्ट्रिय खेलाडीहरु फागुनको तेस्रो साता गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीब्र तयारीमा व्यस्त हुन्थे । तर कोरोनाले वर्षभरिको तालिका प्रभावित गराउँदा खेलाडी देखी पदाधिकारीमा नैराश्यता छाएको छ ।

कोरोना महामारीले धेरै क्षेत्रलाई प्रभावित बनाउँदा खेलकुद क्षेत्र पनि अछुतो रहेन । विश्वलाई घुँडा टेकाएको कोरोना भाइरस (कोभिड–१९) अझै नियन्त्रणमा आउन नसक्दा विकल्प खोजी भइरहेको छ । नेपालमा भने अझै सहज बन्न सकेको छैन, विकल्प पनि अझै सोचिएको छैन । तय भएका खेलकुद तालिका पनि प्रभावित भएका छन् ।

फुटबलको विश्वकप छनोट तालिका अन्तिम समयमा आएर स्थगित हुँदा खेलाडीमा निराशा पन देखिएको छ । सरकारले गर्दै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता पनि अन्योलमा परेको छ । पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बारे कोभिडका कारण अन्योल भएको र बोर्ड वैठक पछि मात्र थाहा हुने राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालले बताउनुभयो ।

यस अघि पूर्वाधारको चुनौतिका बाबजुद पनि प्रतियोगिता सञ्चालन गरी समापन भएका उदाहरण छन् । तर पोखराको आयोजनामा पूर्वाधारको समस्या नहुने पनि कोइरालाले बताउनुभयो । उहाँले खेलकुद चलायमान बनाउनका लागि खेलाडी देखी सम्बन्धित संघबाट तत्परता देखाउनु पर्ने र सहयोगका लागि परिषद तयारी रहेको स्पष्ट पर्नुभयो । कोरोना महामारीको बीचमा घरेलु केही चर्चित प्रतियोगिता हुनै पाएनन् ।

मुखैमा आएको फ्रोन्चाइज क्रिकेट लिए एभेरेष्ट प्रिमियर लिग रोकियो । तालिका रहेको पोखरा प्रिमियर लिग पनि कोरोनाको चपेटामा प¥यो । साथै मोफसलमा हुने धेरै गोल्डकप देखी फुटबलका डिभिजन लिगहरुमा कोरोनाको असर देखियो । छिट फुट बाहेक एकल देखी युगल सम्मका खेलकुद गतिविधि अझै फर्किन सकेका छैनन् । महामारी मापदण्ड अपनाउँदै खेलमा फर्किने वातावरण खेलाडीदेखी खेल सम्बध पदाधिकारीले खोजी रहेका छन् । खेलकुदलाई चलायमान बनाउन पहल भइरहेको उपाध्यक्ष कोइरालाले बताउनुभयो ।

तय भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल तालिकामा असर देखिँदा खेलाडीमा अहिले नैराश्यता देखिएको छ । ९ महिना भन्दा लामो समय खेलाडी खेलकुद गतिविधिबाट बाहिर रहँदा यस्तो असर देखिएको हो । खेलकुद जीवन हो भन्दै होमिएका खेलाडीमा नकारात्मक असर देखिन थालेको छ । सार्वजनिक कार्यक्रममा खेलाडी राष्ट्रका गहना हुन भन्दै अभिव्यत्ति दिने नियामक निकायका पदाधिकारीले अब भने खेलाडीको भविष्यको बारेमा सोच्ने बेला आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button