कन्दरा सामाजिक सञ्जालमा सक्रिय बन्दै

पोखरा । नेपालको चर्चित पप व्यान्ड कन्दरा अब सामाजिक सञ्जालमा सक्रिय बन्ने भएको छ ।

दर्शक श्रोताबाट प्राप्त मायाको कारण उत्साहित लोक लयमा आधारित पप गीत सुनाउने कन्दरा व्यान्डले आफ्ना फ्यानहरुलाई सामाजिक सञ्जाल मार्फत रेसपोन्स गर्दै नयाँ–नयाँ सामाग्री पस्किने तयारी गरेको छ । केही समयदेखि सामाजिक सञ्जालमा सक्रिय हुन नसकेको भएपनि अब सक्रिय बन्ने व्यान्डका मुख्य भोकलिष्ट विवेक श्रेष्ठले बताउनुभयो ।

पोखरा न्यूजसँग कुरा गर्दै श्रेष्ठले भन्नुभयो– ‘म अहिले अष्ट्रेलियाको मेलबर्नमा छु । गएको जनवरीमा यहाँ आएको कोरोनाका कारण यतै रोकिए । विगत एक ढेढ वर्षदेखि कन्दरा व्यान्डले सामाजिक सञ्जालमा सक्रिय सहभागीता जनाएन । अब सामाजिक सञ्जालमा एक्टिभ हुनुप¥यो भनेर लागि परेका छौँ । यो हाम्रा फ्यानहरुको लागि खुशीको कुरा हो । हामी फेसबुक, इन्स्टाग्राम, युट्युब मार्फत एक्टिभ हुनेछौँ । हामीलाई फलो गर्ने दर्शक श्रोताको लागि भनेरनै सक्रियता बढाउन खोजिरहेका छौँ ।’

आफ्ना फ्यान तथा शुभचिन्तकबाट आएका कमेन्टमा समयमै रिप्लाई गर्ने कन्दरको तयारी छ । व्यान्डले के गरिरहेको छ, व्यान्डमा आबद्ध साथीहरुले के गरिरहनुभएको भन्ने बारेमा अपडेट गरिनेछ । पुराना गीत नयाँ पुस्तामा सुनाउने मात्र नभएर नयाँ गीत समेत पस्कने तयारी व्यान्डको हो । त्यो बाहेक व्यान्डसँग सम्बन्धित कुरा गीतको कड, फोटोहरु सामाजिक सञ्जालमा पोष्ट गरिरहने मुख्य भोकलिष्ट गायक श्रेष्ठले बताउनुभयो ।

कन्दरा व्यान्ड नेपाली संगीतमा विगत २८ वर्षदेखि सक्रिय छ । विशेषगरी नेपालमा लोक पप संगीतको वीउ छरेर छरेर त्यसको जगेर्ना गर्दै व्यान्ड अगाडि बढिरहेको छ । ‘नेपालमा लोक पप संगीतको वीउ छरेर त्यसको जगेर्ना गर्दै अहिले फल खाने बेलासम्म हामीहरु लगि परेका छौँ । हाम्रो काँधमा निकै ठूलो दायित्व छ । त्यो दायित्वबाट हामी पन्छिन मिल्दैन’ श्रेष्ठले भन्नुभयो ।

अहिलेको पुस्ता र अब आउने भावी पुस्तालाई कन्दरा व्यान्डको लिगेसी के हो, के गरेउ, के गर्दैछौ र के गर्नेछौ भन्नेकुरा जानकारी दिन जरुरी हुन्छ भन्ने लागेर कन्दरा व्यान्ड सक्रिय हुन खोजेको हो । अहिले धेरैजना सामाजिक सन्जालमा व्यस्त हुने भएकोले सामाजिक सन्जाललाई सशक्त रुपमा प्रयोग गर्ने आफ्नो तयारी भएको श्रेष्ठले जनाउनुभयो । यतिबेला कन्दरा नयाँ गीतको तयारीमा छ । २, ३ वटा गीत रेकर्ड भएर दर्शक श्रोतामाझ पस्कने तयारीमा छ । अवस्था सामान्य भएपछि गीत पस्कने व्यान्डको तयारी हो ।

‘सुनिल थापासँग दिनदिनै कुरा हुन्छ । अरुसँग पनि कुरा हुन्छ । सम्भव भएमा एक महिनाभित्रमा सामाजिक सन्जालमानै एउटा नयाँ प्रस्तुति लिएर आउदैछौँ । व्यान्डका अन्य गीतहरु क्रमश निकाल्छौ । एल्बमनै एकैचोटी ननिकाले पनि सिंगल ट्र्याक निकाल्दै जान्छौ’ श्रेष्ठले भन्नुभयो ।

यतिबेला कोरोना महामारीका कारण मनोरन्जनको क्षेत्रमा ठुलो असर परेको छ । यसका अलावा होटल तथा ट्राभल्स व्यवसायमा ठूलो असर परेको छ । तर कोरोनाले एउटा पाठ पढाए जस्तो लाग्छ । करिब १० महिनादेखि आफ्नो क्रियशनलाई बाहिर दर्शक श्रोताको अगाडि उपस्थित भएर प्रस्तुत गर्न पाएका छैनौ ।

हुनत कोरोनाले घरमै बसेर नेपाली संगीत सुन्ने बानी भने बढायो । पछिल्लो समयमा केही राम्रा–राम्रो नेपाली गीत बनेका छन् । विशेषगरी कन्दराले प्रतिनिधित्व गर्ने जनरा लोकपप फ्युजन खालको जनरामा अत्यन्त राम्रा गीत आएकोले खुशी लागेको श्रेष्ठले बताउनुभयो । राम्रो भविष्यको संकेत देखाएको छ । चुनौतीको बाबजुत यसले अवसर जन्माइदिएको छ । घरमानै बसेर क्रियटिभ बन्ने, गीत रेर्कड गर्ने आफूसँग भएको कलाालई प्रस्फुटन गर्ने क्रम आएको छ । यो सकारात्मक पाटो हो ।

यति हुँदाहुँदै महामारीले कलाकारलाई आर्थिक रुपमा गाह्रो बनाएको छ । ‘कन्सर्ट भएका छैनन् । एल्बम बिक्री भएको छैन । मानशिक रुपमा विछिप्त हुन पनि सकिन्छ । तर अवसरको रुपमा प्रयोग गरेर जति सकिन्छ सामाजिक सन्जाल मार्फत साथीभाई सँग कुरा गर्ने अवसर जुराएको छ । यस्तो अवस्था सधै रहन्न । ढिलोचाडो यसको निकास निस्कन्छ । यसपछि के गर्ने अहिलेनै तयार भएर बस्ुनपर्छ’ उहाँले भन्नुभयो ।

अहिले नेपाल सरकारले भनेको र डब्लुएचओले भनेका मापदण्डमा बस्नुपर्छ । दुरी कायम गर्नुपर्छ । जिद्दी गर्नु हुदैन । जब यसको निकास निस्कन्छ अनि सबै क्षेत्रपुनः चलायमान हुनेछ । धैर्य गरौँ । धैर्य गरिसकेपछिको फल एकदमै मिठो हुन्छ । छिट्टै त्यस्तो दिन आउनेछ आशावादी बन्दै श्रेष्ठ भन्नुहुन्छ ।

कोरोनाको यो समयमा संगीत सम्बन्धी पुस्तकहरु पढ्ने, संगीतको खोज गर्ने काम उहाँले गर्नुभयो । भर्चुअल रुपमा अष्ट्रेलियाबाट हुन लागेको ‘हल अफ फेम सिजन २’ प्रतियोगीतामा उहाँ व्यस्त हुदैहुनुहुन्छ । दीप श्रेष्ठ र रेजिना रिमाल सहित विवेक श्रेष्ठ माइ नेपाल टिभी अष्ट्रेलियाले आयोजना गरेको यो प्रतियोगीताको निर्णायकको रुपमा रहनुहुनेछ । संसारभरि छरिएर रहेका नेपालीहरुले भर्चुअल माध्यम मार्फत गीत गाउने यो प्रतियोगिता छिट्टै सुरु हुँदैछ ।

स्रोता दर्शकले सामाजिक सञ्जाल मार्फत गर्ने कमेन्टहरु पढ्दा अत्यन्त खुशी लाग्ने श्रेष्ठको अनुभव छ । ‘कमेन्टहरु पढ्दा अत्यन्त खुशी लाग्छ । भावुक हुन्छौ । यसरीनै सधै माया गरिदिनुहोस् । जुन विश्वास गर्नुभएको छ गीत संगीत सुनाउने काममानै लागि परेका छौ । हामीले गर्नुपर्ने गृहकार्य गर्दैछौँ । निकट भविष्यमानै उत्कृष्ट शब्द संगीत स्वरले सजिएका कन्दराका गीतहरु लिएर हामी आउनेछौँ’ श्रेष्ठको वाचा छ ।

कन्दरा व्यान्ड पोखराबाट सांगीतिक यात्रा सुरु गरेको व्यान्ड हो । हाल कन्दरा समुहमा व्याण्ड मेम्बरको रुपमा बुद्धराज बर्जाचार्य, सुनिल थापा, विवेक श्रेष्ठ अमित गुरुङ,असिम शेरचन, अविनाश गायक र अनिल गुरुङ रहनुभएको छ ।

वि.स.२०५० सालमा पहिलो एल्बम ‘चञ्चले कान्छी’ श्रोतामाझ पस्किएको कन्दराले २०५२ सालमा ‘डाँडापारी’, २०५५ सालमा ‘हङकङ पोखरा’, २०६२ सालमा ‘वर्षौपछि’ र २०७२ सालमा ‘भेडिगोठमै’ एलबम निकालेको थियो । कन्दरा व्याण्डका मुख्य भोकलिष्ट विवेककले सोलो एल्बम ‘उत्सव’ २०५७ सालमा श्रोतामाझ पस्कनुभएको थिया

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button