पोखरामा मंगलबार थप १ सय २१ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । पोखराका १ सय २१ सहित गण्डकी प्रदेशमा मंगलबार थप १ सय ६६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा ६ सय ६३ जनामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका १ सय २१, रुपा गाउँपालिकाका ३, मादी गाउँपालिकाका ५ सहित पर्वत, म्याग्दी, बागलुङ, तनहुँ र गोरखामा गरी १ सय ६६ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका  वडानं १ का एक पुरुष, ३ का दुई पुरुष, ४ का एक पुरुष तथा दुई महिला,  ५ का तिन पुरुष तथा १ महिला, ७ का नौ पुरुष तथा १ महिला, ८ का दुई पुरुष तथा दुई  महिला, ९ का दुई पुरुष तथा तिन महिला, १० का आठ पुरुष तथा एक महिला, ११ का एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै पोखरा महानगर वडा नं १२ का दुई पुरुष तथा चार महिला, १३ का एक पुरुष, १४ का एक पुरुष, १५ का एक पुरुष तथा १ महिला, १६ का दुई पुरुष तथा तिन महिला, १७ का छ पुरुष तथा तिन महिला, १८ का एक पुरुष, २३ का एक पुरुष, २६ का तिन पुरुष तथा दुई महिला, २७ का एक पुरुष तथा एक महिला, ३० की एक महिला, वडा नखुलेका नौ पुरुष तथा ५ महिला, रुपा ५ का ३ पुरुष, मादी वडा नखुलेका २ महिला, तथा ३ पुरुष रहेका छन् ।

त्यसै गरी गोरखा अस्पतालमा उपचाररत २ पुरुष तथा १ महिला, अजिरकोटका १ पुरुष तथा ३ महिला, पालुङटार वडा नखुलेका ११ महिने बालकसहित ३ पुरुष तथा ४ महिला, गोरखा नगरपालिका वडा नखुलेका ४ पुरुष तथा ३ महिला, पर्वत जिल्ला जलजलाका ३ पुरुष, स्याङजा वालिङ नगरपालिकाका १ पुरुष तथा १ महिला, स्याङजा वालिङ नगरपालिकाका १ पुरुष तथा १ महिला,  भीरकोट वडा नखुलेका १ पुरुष तथा १ महिला, वालिङ वडा नखुलेका ६ पुरुष तथा १ महिलारहेका छन ।

त्यसै गरी तनहुँ शुक्लागण्डकीका १ पुरुष, व्यास नगरपालिकाकी १ महिला, बन्दीपुरका २ पुरुष तथा २ महिला, पर्वत पैंयूका ६ पुरुष तथा ४ महिला, पर्वत जिल्ला जलजलाका ३ पुरुष, तनहुँ व्यासकी १ महिला, तनहुँ भीमादका ३ पुरुष तथा २ महिला, शुक्लागण्डकीका १ पुरुष, व्यास नगरपालिकाकी १ महिला, बन्दीपुरका २ पुरुष तथा २ महिला, बागलुङ नगरपालिका ३ का एक पुरुष, ४ का चार पुरुष तथा २ महिला, म्याग्दी जिल्ला पालिका नखुलेका ४ पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।यस संगै  प्रदेशमा कूल संक्रमितको संख्या ९ हजार ५ सय १ पुगेको  छ । प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या ४ हजार ९ सय ६५ रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button