आज दराजको ११.११ बिगशेल डे, २० प्रतिशत वा ३ हजार रुपैयाँसम्म छुट

पोखरा न्यूज । अनलाइन शपिङ्ग मार्फत देशैभरि सेवा दिर्दै आएको दराजले आफ्नो वार्षिक ११ .११ सेल आज नोभेम्बर ११ (कात्तिक–२६) मा आयोजना गरेको छ ।

नेपालको अग्रणी अनलाइन शपिङ्ग बजार दराजले आफ्नो तेस्रो वार्षिक सेल आयोजना गरेको जानकारी दिर्दै आजको ११.११ सेलमा ग्राहकहरुले साझेदार बैंकहरूको डेबिट र क्रेडिट कार्डमार्फत समान अर्डर गर्दा २० प्रतिशत (अधिकतम.३००० रुपैयाँ सम्मको छुट पाउने वताएको छ । यसको लागि नबिल बैंक, एनआईसी एशिया, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेञ्चुरी बैंक र हिमालयन बैंकका कार्डबाहकहरूले सेवा लिन सक्नेछन् जसको लागि ग्राहकहरुले आफ्नो बैंक कार्डमार्फत अनलाइन शपिङ्ग गर्न मिल्ने हुनुपर्छ। ग्राहकहरूले कार्ड एक्टिभेट गर्न सम्बन्धित बैंकमा सम्पर्क गर्न सक्दछन्।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यस वर्षको ११.११ सेलमा ग्राहकहरुले विशेष छुट पाउनुका साथ् ८ लाख बराबरको टिभीएस अपाचे आरआर ३१० जित्ने मौका पनि पाउने कम्पनीले बताएको छ । ११.११ मा ग्राहकहरुले विशेष लन्चका रुपमा सामसुङ ग्यालेक्सी एस ट्वेन्टी एफइ विश्वको सर्वश्रेष्ठ मूल्य रु ६९,९९९ मा पाउने तथा एलजी, एमआई, फिटबिट, सोनी, भ्यांस, वल्पुल, टाइटन, कोलम्बिया, मिचा, गोल्डस्टार, जुआस, होम ग्लोरी, आमाइरा, फेशन हाउस, न्यू ब्यालेन्स, टिभियस जस्ता ब्रान्डहरुमा पनि ६० प्रतिशतसम्म छुट पाउने दराजले जनाएको छ ।

दराजले ग्राहकहरुलाई ११.११ मा लाइभ भिडियोहरू, फ्ल्यास सेल, बन्डल अफर, निशुल्क वितरण, सोशल मिडियामा प्रतियोगिता, अनलाइन लुडो टूर्नामेन्ट, अर्ली बर्ड अफर, एनसेल मोबाइल रिचार्ज छुट, र वन रुपी गेम र मिशन ११.११ जस्ता गेम मार्फत पुरस्कार जित्ने अवसरसमेत प्रदान गरेको छ ।

दराजले आजकै दिन ११.११ को लागि भनेर ७०० भन्दा बढी डेलिभरी कर्मचारीहरू थपेको र २०० भन्दा बढी कस्टमर केर एजेन्टहरू राखेको जानकारी दिर्दै महामारीको बखत, ग्राहक र स्टाफको सुरक्षा निश्चित गर्न डेलिभरी कर्मचारीहरूको स्वस्थको निरन्तर जांच गरिरहेको वताएको छ । ११.११ को दिन आज दराज एप र वेबसाइटमा ५ लाख भन्दा बढी प्रयोगकर्ताहरूको उपस्थिति हुने अनुमान गरिएको छ। अलीबाबाले चीनबाट शुरु गरेको ११ ११ अहिले विश्वको धेरै देशहरुमा मनाइने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button