‘सञ्चार क्षेत्र बलियो भएमा लोकतन्त्र बलियो’

लमजुङ । गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक मायानाथ अधिकारीले सञ्चार क्षेत्र बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ, लमजुङ शाखाको समन्वयमा आज बेँसीशहरमा आयोजित पत्रकार आचांरसहिता र कोभिड–१९ले मिडियामा पारेको प्रभावबारे आयोजित अन्तरक्रियामा उहाँले लोकतन्त्र ल्याउन मिडिया र नागरिक समाजको पनि भूमिका रहेको स्मरण गर्नुभयो ।

काउन्सिलका बोर्ड सदस्य दुर्गा भण्डारीले मिडिया काउन्सिल बोर्ड बनाएर सबै संचारमाध्यमलाई समेटेर लैजानुपर्ने बताउँदै कोभिड–१९ पछि श्रमजीवी पत्रकारलाई दिइएका हैरानीबारे राज्य र सम्बन्धित निकायले अनुगमन गर्दै आएको जनाउनुभयो ।

कार्यक्रममा सहभागी पत्रकारले कोरोनाको संक्रमणको जोखिमका साथै जागिर गुम्ने जोखिम, संचारमाध्यम टिकाउन मुस्किल परेको स्थितिमा काउन्सिलले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button