फिफा र एसियन कप छनौटका बाँकी खेल सन २०२१ जुन भित्र हुने

पोखरा न्यूज संवाददाता । कतार विश्वकप छनोट अन्तर्गत नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेलहरु सन २०२१ को जुन महिना भित्र सकिने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको हो । यस अघि अक्टोबर र नोभेम्बरका लागि तय भएका छनोट खेल कोरोना महामारीका कारण अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।

एएफसीको प्रतियोगिता समितिको भर्चुअल बैठकले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेल जुन १५ भित्र सक्ने निर्णय गरेको हो । छनोट अन्तर्गत बाँकी रहेको खेल मार्च र जुनमा हुने एएफसीले बताएको छ । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटका लागि नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ ।

नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी रहेको छ । छनोटको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशको ढाकामा छ । बंगलादेशसँग भोलि (शुक्रबार) पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ भने मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल सकेर स्वदेश फर्किने तालिका रहेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button