पोखरामा थपिए ५९ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा ५९ सहित गण्डकी प्रदेशमा १४५ कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार विहीबार दिउसो कोरोना संक्रमित पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं३ का २ पुरुष तथा १ महिला, ४ का ४ पुरुष, ५ का १ पुरुष, ६ का १ महिला, ७ का १ पुरुष, ८ का ४ पुरुष तथा २ महिला, ९ का २ पुरुष, १० का १ पुरुष तथा २ महिला, ११ का ३ पुरुष तथा ४ महिला, १२ का १ पुरुष, १३ का १ महिला, १४ का २ पुरुष, १५ का ३ पुरुष तथा १ महिला, १६ का २ पुरुष, १७ का ३ पुरुष तथा २ महिला, १९ का २ पुरुष, २६ मा २ पुरुष, २९ का २ पुरुष, ३० मा १ पुरुष, ३२ का १ पुरुष, ३३ का १ पुरुष र वडा नखुलेका ३ पुरुष तथा ४ महिला रहेका छन् ।

त्यस्तै बागलुङ ताराखोला वडा नखुलेका २ पुरुष, गलकोट वडा नखुलेका २ पुरुष तथा १ महिला, गोरखा अस्पतालमा उपचाररत १ पुरुष तथा १ महिला, लमजुङ सुन्दरबजार वडा नखुलेका १ पुरुष तथा २ महिला, बेँसीशहर वडा नखुलेका ४ पुरुष तथा १ महिला, मुस्ताङ वडा नखुलेका २ पुरुष तथा १ महिला, नवलपुर कावासोती वडा नखुलेका ३ महिला, पर्वत मोदीगाउँपालिका ६ का १ पुरुष, कुश्मा ५ का १ पुरुष, ६ का १ पुरुष, १० का २ महिला, तनहुँ व्यास ७ का १ महिला, वडा नखुलेका ७ पुरुष तथा ३ महिला, शुक्लागण्डकी वडा नखुलेका १३ पुरुष तथा ९ महिला, तनहुँ भानुको वडा नखुलेका ३ पुरुष तथा ६ महिला, म्याग्देका वडा नखुलेका ४ पुरुष तथा ३ महिला, भीमाद ६ का १ पुरुष, स्याङ्जा वालिङ वडा नखुलेका ९ पुरुष तथा ३ महिला, स्याङजा पुतलीबजार वडा नखुलेका १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ९८४८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button