पोखराका ६२ जनासहित गण्डकीमा २०० संक्रमित थपिए

पोखरा न्यूज । पोखराका थप ६२ सहित विहीबार गण्डकी प्रदेशमा २०० कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विहीबार पोखरा महानगरपालिका का ६२ जना र रुपा गाउँपालिकाका ६ जना गरि कास्कीका ६८ सहित प्रदेशका १० जिल्लाका २०० जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ३ का २ पुरुष तथा ४ महिला, ४ का ४ पुरुष, ५ का १ पुरुष, ६ का १ महिला, ७ का १ पुरुष, ८ का ४ पुरुष तथा २ महिला, ९ का २ पुरुष, १० का १ पुरुष तथा २ महिला, ११ का ३ पुरुष तथा ४ महिला, १२ का १ पुरुष, १३ का १ महिला, १४ का २ पुरुष, १५ का ३ पुरुष तथा १ महिला, १६ का २ पुरुष, १७ का ३ पुरुष तथा २ महिला, १९ का २ पुरुष, २६ मा २ पुरुष, २९ का २ पुरुष, ३० मा १ पुरुष, ३२ का १ पुरुष, ३३ का १ पुरुष,वडा नखुलेका ३ पुरुष तथा ४ महिला र रुपा गाउँपालिकाका ४ पुरुष तथा २ महिला रहेका छन् ।

त्यस्तै बागलुङ ताराखोलाका २ पुरुष, गलकोटका २ पुरुष तथा १ महिला, गोरखा अस्पतालमा उपचाररत १ पुरुष तथा १ महिला, लमजुङ सुन्दरबजार वडाका १ पुरुष तथा २ महिला, बेँसीशहरका ४ पुरुष तथा १ महिला, मुस्ताङका २ पुरुष तथा १ महिला, नवलपुर कावासोतीका २४ पुरुष तथा २४ महिला, पर्वत मोदीगाउँपालिका ६ का १ पुरुष, कुश्मा ५ का १ पुरुष, ६ का १ पुरुष, १० का २ महिला, तनहुँ व्यासका ७ पुरुष तथा ४ महिला, शुक्लागण्डकीका १३ पुरुष तथा ९ महिला, तनहुँ भानुका ३ पुरुष तथा ६ महिला, म्याग्देकाका ४ पुरुष तथा ३ महिला, भीमाद ६ का १ पुरुष, स्याङ्जा वालिङका ९ पुरुष तथा ३ महिला, पुतलीबजारकी १ महिला र म्याग्दी बेनीकी १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ९ हजार ९ सय ३ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा थप ९ मात्र डिस्चार्ज भएका छन् । यस संगै प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या ४ हजार ९ सय ७९ पुगेको छ ।

पोखरामा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रि आइसोलेसनमा उपचाररत पोखरा १५ की ७५ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो । कात्तिक २४ गते अस्पतालमा भर्ना भएकी महिलाको कोरोना संक्रमणको आशंकामा प्रि आइसोलेसनमा राखी उपचार गरिएकोमा उपचारकै क्रममा बुधबार साँझ ५ :१० बजे निधन भएको प्रतिष्ठानका निर्देशक सहप्रा. डा. अर्जुन आचार्यले जानकारी दिनुभयो । डा. आचार्यका अनुसार निमोनिया, मधुमेह र मृगौला रोगबाट पीडित महिलामा बुधबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button