मनाङमा प्रहरीलाई जनमुखी सेवा प्रदान गर्न डिआइजीको निर्देशन

पोखरा न्यूज । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले जनमुखी सेवा प्रवाहमा जोड दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङ तथा मातहतका प्रहरी कार्यालयहरुको निरीक्षण गर्दै अर्यालले त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई जनमुखी प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो । प्रहरी कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधि एवं अन्य श्रोत साधनहरुको निरीक्षण साथै अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त बनाउने उद्देश्यले उक्त निरीक्षण कार्यक्रम सम्पन्न भएको हो ।

निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक अर्यालले भौगोलिक विकटता र हिमाली भू-भागका कारण प्रहरी सेवा प्रवाहमा कठिनाई रहेता पनि नेपाल प्रहरी आम नागरिकको सेवाका लागि सदैव कटिवद्ध हुनुपर्ने बताउँनुभयो । जनतालाई नै केन्द्रविन्दूमा राखी कार्यसम्पादन गर्न गराउन मनाङ स्थित कार्यरत प्ररही कर्मचारीहरुलाई उहाँले निर्देशन दिनुभयो ।

आफूलाई तोकिएको र दिइएको जिम्मेवारीलाई गम्भीरताका साथ नागरिक संवेदनशीलतालाई मनन् गरी उच्च सतर्कताका साथ कार्यसम्पादन गर्नुपर्ने बताउँदै नागरिकसंग सभ्य, मर्यादित एवं शिष्ट व्यवहारसंगै प्रहरी काम कारवाहीमा भने कडा रुपमा प्रस्तुत हुन निर्देशन गर्नुभएको छ ।सोही अवसरमा प्रहरी नायव महानिरीक्षक अर्यालले प्रहरी चौकी ताल मनाङको समेत निरीक्षण तथा अवलोकन गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायिक प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन गर्नुभएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button