पोखरामा थप १४ जनाका कोरोना संक्रमण पुष्टि

पोखरामा १४ सहित गण्डकीमा थपिए २६ संक्रमित

पोखरा न्यूज । पोखरा महानगरपालिमा १४ जनासहित गण्डकीमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना संक्रमित पुष्टि हुनेमा पोखरा महानगरपालिकाका वडा नं १ का १ पुरुष, ६ का १ पुरुष, ११ का १ पुरुष, १२ का १ पुरुष, १४ का ३ पुरुष, १५ का ३ पुरुष, १७ का १ पुरुष २६ की १ महिला, २७ का १ पुरुष, २९ का १ पुरुष रहेका छन् ।

त्यस्तै स्याङ्जा पुतली बजार १ की १ महिला, ८ का १ पुरुष, १० का १ पुरुष, चापाकोट ८ का १ पुरुष, १० की १ महिला, तनहुँ व्यास ६ का २ महिला, भीमाद ५ का १ पुरुष, नवलपुरको गैडाकोट नगरपालिका वडा नं १ का १ पुरुष, ६ की १ महिला, ८ का २ पुरुष र नवलपुर हुप्सेकोट १ की १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशका कोरोना संक्रमित हुनेको संख्या ९९२९ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button