पोखरामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थपिए ५३ कोरोना संक्रमित

पोखरा न्यूज ।  पोखरामा ४७ जनासहित गण्डकी प्रदेशका ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार शुक्रबार दिउसो  कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष, ३ का ३ पुरुष तथा ३ महिला, ४ का २ पुरुष, ५ का ३ पुरुष, ६ का ५ पुरुष, ८ का २ पुरुष, ९ का २ पुरुष १ महिला, १० का १ पुरुष ३ महिला, ११ का २ पुरुष, १२ का २ पुरुष, १३ का १ पुरुष, १४ का १ पुरुष, १५ का १ पुरुष तथा २ महिला, २१ का ३ महिला, २२ का १ पुरुष, २६ का १ पुरुष तथा १ महिला, वडा नखुलेका ४ पुरुष रहेका छन्

त्यस्तै बागलुङ बडिगार्डका १ पुरुष, लमजुङ बेँसीशहरका १ पुरुष, म्याग्दी बेनीका १ पुरुष, स्याङ्जा पुतलीबजारका २ पुरुष, तनहुँ व्यासका १ महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जनाकारी दिनुभयो । योसँगै प्रदेशमा ९९८२ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button