छोटो समयमा आरोहण गर्न सकिने कास्कीको मर्दी हिमाल साहसिक पर्यटकीय गन्तव्य

गण्डकी । छोटो समयमा आरोहण गर्न सकिने मर्दी हिमाल सहासिक पर्यटन प्रवद्र्धनको महत्वपूर्ण गन्तव्य भएकोमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशद्वारा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा भएको मर्दी हिमाल आरोहण विषयक अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले पदयात्रासँगै हिमाल आरोहण पर्यटन प्रवद्र्धनको महत्वपूर्ण गन्तव्य भएको बताए ।

अन्तरक्रियामा सन् १९६१ मा पूर्वी मोहोडाबाट आरोण गरेको पाँच हजार पाँच सय ८७ मिटरको उचाईमा रहेको मर्दी हिमालको दक्षिणी पश्चिमी मोहोडाबाट आरोहणमा गएको सात सदस्यीय टोलीले पदयात्राका क्रममा देखिएका मानवीय अवस्था, रमणीय स्थल, वन्यजन्तु, चराचुरुङ्गी र आरोहणमा सम्भावना र चुनौतिका बारेमा सचित्र प्रस्तुत गरिएको थियो ।कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव रामकाजी श्रेष्ठले साहसिक पर्यटन प्रवद्र्धनमा मन्त्रालयको तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पोखरा पर्यटन परिषदका कार्यवाहक अध्यक्ष गोपिबहादुर भट्टराईले सन् १९५० मा मौरिस हर्जोगले नेपालका आठ हजार भन्दा माथि उचाईका आठ वटा हिमाल मध्ये पहिलो अन्नपूर्ण आरोहणसँगै पोखराको पर्यटन विकास शुरु भएको इतिहास रहेको बताउनुभयो ।
पदयात्रामार्गमा मोटर बाटो निर्माण कार्यलाई बन्द गरि एडभ्यान्चर टुरिजमलाई जोगाउनु पर्नेमा जोड दिंदै उहाँले पदयात्रीसँग संकलन गरिने प्रवेश शुल्क स्थानीयको विकास तथा नयाँ गन्तव्यको प्रवद्र्धनमा खर्च गर्नुपर्ने बताउनुभयो ।

पर्वतीय संग्रहालय सञ्चालक समितिका सदस्य जीवन सापकोटाले हिमचुचुराहरुको प्रदेश प्रोफाईल बनाउनु पर्ने बताउँदै उहाँले संग्रहालय परिसरमा फ्रान्स राजदूतावास निर्माण गरिेको क्लाइमिङवाल जीर्ण भएको कारण भत्काइएको जानकारी दिनुभयो । संघका गण्डकी प्रदेश अध्यक्ष शेषकान्त शर्माले साहासिक पर्यटकको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशको पर्यटन विकासका लागि सम्वन्धित निकायले ध्यान पु¥याउनुको विकल्प नभएको बताउनुभयो ।

एउटै यात्राबाट कुमारी माछापुच्छ्र्रे सहित मर्दी, अन्नपूर्ण हिम श्रृखला, हिमचुली, गङगापूर्ण, गन्धर्व चुली लगायतका आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकोले मर्दी पदयात्रा मार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको आरोहण टोली संयोजक प्रेम गुरुङले जानकारी दिनुभयो ।चार हजार सात ८३ मिटरको उचाईमा सागा भ्यूपोइन्टमा चार दिन बसेर पनि आरोहण सफल गर्न नसकेको दुःख व्यक्त गर्दै उहाँले कमजोर चट्टान भएको कारण दिनमा माथिबाट ढुङ्गा निरन्तर झरि रहने हुँदा आरोहण गर्न कठिन भएको बताउनुभयो ।

आरोहण दलका सदस्य एवम् अन्तराष्ट्रिय ट्रेकिङ गाईड जगत तिमिल्सिनाले जोखिम मोलेर भएपनि मर्दी हिमाल आरोहण एवम् यसको प्रचार प्रसार गरि सहासिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्य रहेको बताउँदै नेपालका हिमाल आरोहणमा विदेशी गाईड प्रमाणपत्र पेश गर्नुपर्ने विडम्वनाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

दुईपटकसम्म सगरमाथा आरोहण गर्नु भएका खेमलाल गौतमले ४० भाषामा प्रकाशित एवम् ६० करोड बढी विक्री भएको ‘द अन्नपूर्ण’ पुस्तकले नेपाललाई विश्व सामु परिचित गराएको बताउँदै मर्दी हिमाल पदमार्गलाई व्यवस्थित गरिनु पर्नेमा जोड दिनुभयो ।नेपाल पर्वतारोण गण्डकीका कोषाध्यक्ष विकास गुरुङले पदमार्गसँगै त्यस क्षेत्रमा आवश्यक भौतिक पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button