गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा शुभकामना व्यक्त

पोखरा न्यूज । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपालीहरूका महत्वपूर्ण चाडपर्वहरू तिहार, नेपाल सम्वत् ११४१ तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

पाँच दिनसम्म मनाइने तिहारको मुख्य विशेषताको रुपमा भाइटीकालाई मान्ने गरिन्छ । दिदी-भाइ र दाजु-बहिनीबीचको प्रेम तथा भ्रातृत्वलाई थप बलियो बनाउन भाइटीकाको विशेष महत्व छ । त्यति मात्र नभएर देउसी-भैलो खेल्ने सांस्कृतिक परम्पराले तिहारको महत्व अझ बढाएको छ । त्यस्तै, नेपालका राष्ट्रिय विभूति शंखधर साख्वाले गरिबहरूको ऋणमोचन गरी सुरुवात गरेको नेपाल सम्वत् नेपालको मौलिक सम्वत् हो ।

यस नेपाल सम्वत्लाई प्रचलनमा ल्याउन हामी सबैले विशेष जोड दिनु आवश्यक छ । साथै, तराईमा महत्वका साथ मनाइने छठ पर्वले आपसी सद्भाव र भ्रातृत्वको विकासमा महत्वपूर्ण योगदान दिएको छ । यी हाम्रा सांस्कृतिक महत्वका चाडपर्व र सम्वत्ले हाम्रो राष्ट्रियता सुदृढ गर्न विशेष टेवा दिएका छन् शेरचनले शुभकामना मन्तब्यमा भन्नुभउको छ ।

साथै उहाँले कोभिड-१९ को विश्वव्यापी महामारीमाथि विजय प्राप्त गर्न हामीले अझै समय कुर्नुपर्ने देखिएको छ । कोभिड-१९ को संक्रमणबाट जोगिन हामी आफैं सचेत हुने, सामाजिक दूरी कायम गर्ने, मास्क, सेनिटाइजर लगाउने अनावश्यक भेटघाट बन्द गर्ने, भीडभाडमा नजाने साथै, सरकारले जारी गरेको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न समेत आग्रह गर्नुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button