शुक्रबार पोखरामा थप १०० जनामा कोरोना पुष्टि, पोखरामा थप ४ जनाको मृत्यु

प्रदेशका ९ जिल्लामा १७२ संक्रमित थपिए

पोखरा न्यूज । पोखरामा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १ होम आइसोलेसनमा बसेका पुरुष र ३ जना उपचाररत व्यक्तिसहित ४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोंना उपचार केन्द्रमा उपचाररत पोखरा १४ की ६७ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो । कार्तिक २१ गते अस्पतालमा भर्ना भएकी महिलाको उपचारकै क्रममा शुक्रबार बिहान २:०० बजे निधन भएको प्रतिष्ठानका निर्देशक सहप्रा. डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

त्यस्तै प्रतिष्ठानको कोरोना उपचार केन्द्रमा उपचाररत पोखरा १५ निवासी ५४ वर्षीया महिलाको विहीबार मृत्यु भएको हो । कार्तिक २६ गते कोरोना संक्रमण पुष्टिभई अस्पतालमा भर्ना भएकी महिलाको उपचारकै क्रममा विहीबार दिउसो ३.०० बजे निधन भएको निर्देशक डा.आचार्यले जनाउनुभयो ।

कार्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा २० का ८३ वर्षीय पुरुषको बिहीबार र कार्तिक १८ गते कोरोना संक्रमण पुष्टि भइ गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत पोखरा २५ का ७० वर्षीय पुरुषको शुक्रबार बिहान ११:१५ बजे उपचार कै क्रममा निधन भएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११८पुगेको छ ।

गण्डकी प्रदेशमा शुक्रबार थप १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका १०० जना र मादी गाउँपालिकाका ७ गरि कास्कीमा १०७ सहित प्रदेशका ९ जिल्लाका थप १ सय ७२ जनामा कोरोना भाइरस देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का २ पुरुष, ३ का ४ पुरुष तथा ३ महिला, ४ का २ पुरुष, ५ का ३ पुरुष, ६ का ६ पुरुष, ८ का २ पुरुष तथा २ महिला , ९ का २ पुरुष १ महिला, १० का २ पुरुष ३ महिला, ११ का ४ पुरुष तथा १ महिला , १२ का ३ पुरुष, १३ का १ पुरुष, १४ का ५ पुरुष तथा १ महिला, १५ का ५ पुरुष तथा ३ महिला, १७ का २ पुरुष, १८ की १ महिला २१ का ३ महिला, २२ का १ पुरुष, २६ का ३ पुरुष तथा ३ महिला, २७ का ९ पुरुष तथा ७ महिला, २९ का ३ पुरुष तथा १ महिला, ३० का १ पुरुष तथा १ महिला, ३१ का १ पुरुष, ३२ का १ पुरुष तथा २ महिला, वडा नखुलेका ४ पुरुष र मादी गाउँपालिकाका ४ पुरुष तथा ३ महिला रहेका छन् ।

त्यस्तै बागलुङ बडिगार्डका १ पुरुष, लमजुङ बेँसीशहरका १ पुरुष, म्याग्दी बेनीका १ पुरुष, स्याङ्जा पुतलीबजारका ४ पुरुष तथा १ महिला, चापाकोटका १ पुरुष तथा १ महिला, कालिगण्डकीका १ पुरुष, तनहुँ व्यासका २ पुरुष तथा ३ महिला, भीमादका १ पुरुष, रिसिङका १ पुरुष तथा १ महिला, गोरखाको गोरखा नगरपालिकाका १७ पुरुष तथा १५ महिला, पालुङ्टारका १ पुरुष तथा २ महिला, पर्वत महाशिलाका ४ पुरुष तथा १ महिला, नवलपुरको गैडाकोटका ३ पुरुष तथा १ महिला, बौदीकाली का २ पुरुष र हुप्सेकोटकी १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै प्रदेशमा संक्रमितको संख्या १० हजार ७५ पुगेको निर्देशनालयले जानकारी दिएको छ । पछिल्लो २४ घन्टामा थप २० जना निको भएसंगे प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ९ सय ९९ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button