बागलुङका तुलवीर थापाले जन्मदिनमा गरे आविष्कार केन्द्रलाई ५० हजार सहयोग

बागलुङ । गलकोट नगरपालिका-७ मल्म घर भई हाल जापानमा रहनुभएका तुलवीर थापा ‘समर्पण’ले आफ्नो जन्मदिनको अवसरमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार आठ सय ९० रुपैयाँ सहयोग गर्नुभएको छ ।

शुक्रबार आविष्कार केन्द्रमै पुगी पत्रकार बबिता शर्मा र बैङ्कर्स शिव आचार्यले उक्त रकम केन्द्रका संयोजक पुनलाई हस्तान्तरण गर्नुभयो । संयोजक पुनले प्रवासदेखि थापाले गर्नुभएको सहयोग र देखाउनुभएको सद्भावप्रति आविष्कार केन्द्र आभारी रहेको बताउनुभयो ।

थापाले तत्काललाई रु. ५० हजार सहयोग गरेपनि आउँदो एक वर्षसम्म हरेक महिना आफ्नो कमाइको रु. पाँच हजार केन्द्रका लागि छुट्टाउने प्रतिबद्धता जनाउनुभयो । त्योसमेत गरी थापाको सहयोग रकम रु. एक लाख दश हजार पुग्ने छ । “जन्मदिनमा केही नयाँ काम गरौँ भन्ने थियो, आविष्कार केन्द्रकाबारेमा सुनेपछि त्यसमै सहयोग गर्ने सोच पलायो”, उहाँले भन्नुभयो । नौ वर्षअघि जापान पुग्नुभएका थापाको नागोयामा रेष्टुराँ व्यवसाय छ । व्यवसायसँगै सामाजिक सेवाका क्षेत्रमा पनि उहाँ सक्रिय हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button