पोखरामा थप ८३ जनामा कोरोना पुष्टि, कास्कीमा ८७ संक्रमित थपिए

गण्डकी प्रदेशमा १२९ संक्रमित भेटिए

पोखरा न्यूज । कास्कीका ८७ सहित गण्डकीमा १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरका ८३ तथा  मादी गाउँपालिका र अन्नपूर्ण  गाउँपालिकाका ४ गरी कास्कीमा ८७  सहित प्रदेशका ६ जिल्लामा १२९ संक्रमित थपिएका हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका पोखरा वडा नं १ का १ पुरुष, २ का ३ पुरुष तथा ३ महिला, ३ का ६ पुरुष तथा ३ महिला, ४ का २ पुरुष तथा २ महिला, ५ का ५ पुरुष तथा ४ महिला, ६ का १ पुरुष तथा १ महिला, ७ मा १ पुरुष तथा १ महिला, ८ का ५ पुरुष तथा २ महिला, ९ का २ पुरुष तथा १ महिला, १० का २ पुरुष, ११ का २ पुरुष, १२ का १ महिला, १३ का १ महिला, १३ का ३ पुरुष तथा २ महिला, १६ का ४ महिला , १७ का ३ पुरुष तथा ३ महिला, २१ का १ पुरुष तथा १ महिला, २५ का १ पुरुष तथा १ महिला, २६ का १ पुरुष, २७ का १ पुरुष, ३२ का १ पुरुष, वडा नखुलेका ६ पुरुष ४ महिला रहेका छन् ।

त्यस्तै संक्रमण पुष्टि हुनेहरुमा कास्की मादी गाउँपालिका वडा नखुलेकी १ महिला, अन्नपूर्ण गाउँपालिका वडा नखुलेका २ पुरुष तथा १ महिला, बागलुङ जिल्ला बडिगाड वडा नखुलेका १ पुरुष तथा १ महिला, बागलुङ नगरपालिका वडा नखुलेका २ पुरुष, म्याग्दी जिल्ला पालिका र वडा नखुलेका ५ पुरुष तथा ५ महिला, पर्वत जलजला वडा नखुलेका १० पुरुष तथा ६ महिला, स्याङ्जा पुतलीबजार नगरपालिका वडा नखुलेका १ पुरुष, तनहुँ बन्दीपुर वडा नखुलेका ६ पुरुष तथा ३ महिला, तनहुँ घिरिङ वडा नखुलेका २ पुरुष रहेका छन् । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार २०४ पुगेको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button