आफ्नै खर्चमा सडकका कुकुरलाई खाना खुवाउने एउटा यस्तो जोडी

पोखरा न्यूज संवाददाता । आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खुवाउने गरिन्छ । आजको दिन कुकुरको पूजा नगरी खाएमा पाप लाग्ने भनाई पनि छ । तर काठमाडौंमा एउटा यस्तो जोडी पनि छ जसले दैनिक रुपमा उपत्यककाका विभिन्न ठाउँमा पुगेर सडकमा बस्ने कुकुरहरुलाई खाना खुवाउने काम गर्छन् । त्यो पनि आफ्नै खर्चमा ।

कुकुर आज्ञाकारी, रक्षक र गुनिलो जनावर हो । भैरवको बहान समेत रहेको कुकुरले कुनैपनि अपराधीहरुलाई सुँघेर पत्ता लगाउने काम गर्छ । त्यस्तै विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुनु पूर्व कुकुरले सुँघेर वा दायाँ बायाँ कराएर पूर्व सूचना समेत दिने गर्छ । त्यसैले प्रत्येक वर्षको कृष्ण चतुर्दशीको दिन कुकुरको विशेष पूजा गर्ने गरिन्छ । यस दिन कुकुरलाई पूजा गरी विशेष प्रकारका खानेकुरा खान दिने चलन पनि छ । यस दिन आफ्नो घरमा पालिएका कुकुर बाहेक सडकमा बस्ने कुकुरहरुको समेत पूजा गरिन्छ । मिठोमिठो खानेकुरा खुवाइन्छ । अन्य दिनमा भने सडक कुकुरका लागि मानिसहरुले खासै महत्व दिदैनन् ।

तर काठमाडौंमा एउटा यस्तो समूह छ जसले दैनिक रुपमा उपत्यकाका विभिन्न ठाउँमा पुगेर कुकुरहरुलाई खाना खुवाउने काम गर्छन् । सौरभ रिमाल लगायतको समूहले दैनिक रुपमा कुकुरलाई खाना तयार गर्ने र विभिन्न ठाउँमा पुगेर खाना खुवाउने काम गर्छन । काठमाडौंको टेकु स्थित फोहोरमैला व्यवस्थापन गर्ने क्षेत्र, गोंगबु स्थित नयाँ बसपार्क, भृकुटी मण्डप, किर्तीपुरको त्रिभुवन विश्वविद्यालय क्षेत्र र ललितपुरको बटुक भैरव आसपासका क्षेत्रमा पुगेर उनीहरुले कुकुरलाई खाना खुवाउँदै आएका छन् । भोकका कारण सडक कुकुरहरुलाई मर्ने अवस्थामा देखेपछि रातोपुल स्थित डल्ले रेस्टुरेन्टमा खाना पकाई विभिन्न ठाउँमा पु¥याएर खाना खुवाउने काम दैनिक रुपमा गरिरहेको सौरभ रिमालले बताउनुभयो ।

आज (शनिबार) काठमाडौंको टेकु क्षेत्रमा पुग्दा उनीहरुले कुकुरलाई खाना खुवाउँदै गरेको भेटियो । लकडाउन सुरुभएसँगै सडकमा रहेका कुकुरहरुलाई खाना खुवाउँदै आएको सौरभ रिमालले बताउनुभयो । आजको दिन मात्र नभई सडकमा रहेका कुकुरहरुलाई आगामी दिनमा समेत खाना खुवाउने कामलाई निरन्तरता दिने योजना रहेको पनि रिमालले बताउनुभयो । कुकुर तिहारमा मात्र नभएर अन्य दिनमा पनि आफ्नो घरबाहिर रहेका कुकुरहरुलाई खाना खुवाउने बानि बसाल्न रिमालको आग्रह छ ।

अन्य ठाउँबाट सहयोग जुटाएर भन्दापनि आफ्नै खर्चमा खाना खुवाउदै आएको रिमालले बताउनुभयो । केही साथिभाइले कहिलेकाहिं सहयोग गरेपनि अधिकांश दिन आफ्नै खर्चमा खाना तयार गर्ने गरेको उहाँले बताउनुभयो । रातोपुल स्थित डल्ले रेस्टुरेन्टमा खाना तयार गरी विभिन्न ठाउँमा पु¥याएर सडक कुकुरलाई खाना खुवाउने काम उनीहरुका लागि दैनिकी बनेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button