बागलुङबाट १५० किलोग्राम गाँजासहित एक युवक पक्राउ

पोखरा न्यूज । बागलुङको निसीखोलाबाट १५० किलो गाँजासहित एक युवक शनिवार दिउसो पक्राउ परेका छन् ।

निसीखोला गाउँपालिका –६ लुप्रवाङ निवासी ३४ वर्षीय टेकबहादुर घर्ती मगरलाई बागलुङ प्रहरीले १५० किलो सुकेको गाँजासहित पक्राउ गरेको हो । घरदेखि ५० मीटर पश्चिम आफ्नै बारीमा मगरले गाँजा उत्पादन गरेको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । सुकेको गाँजा तयार पार्दै गरेको अवस्थामा पक्राउ परेका मगरलाई आवश्यक कारवाहीका लागि थप अनुसन्धान शुरु गरिएको बागलुङ प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button