कोरोनाबाट पोखराका ४ र स्याङजाका १ गरी थप ५ जनाको मृत्यु

पोखरा न्यूज । पोखरामा उपचाररत थप ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि भइ पोखरामा उपचाररत रहेका स्याङजाका १ पुरुष र पोखराका २ – २ महिला तथा पुरुषको मृत्यु भएको हो ।

कार्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएका स्याङजा वालिङ १४ का २४ बर्षीय युवकको २७ गते तथा कार्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा महानगर १४ का ६३ वर्षीय पुरुषको २९ गते बिहान उपचार कै क्रममा गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको गण्डकी स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

त्यसै गरि पोखरा कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएकी पोखरा १५ की ५० वर्षीया महिलाको २८ गते बेलुका ६ :३० बजे पोखराको चरक मेमोरियल हस्पिटल पोखरामा उपचार कै क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएकी पोखरा २६ की ७२ वर्षीया महिलाको आज बिहान ७:४५ बजे र कार्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा १८ का ४८ वर्षीय पुरुषको आज बिहान ९ :३० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्रा. डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २३ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button