पोखराका १४४ सहित कास्कीमा थप १४८ जनामा कोरोना पुष्टि

गण्डकीमा २१० संक्रमित थपिए

पोखरा न्यूज । शनिबार कास्कीका १४८ सहित गण्डकीमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरका १४४ तथा  मादी गाउँपालिका र अन्नपूर्ण  गाउँपालिकाका ४ गरी कास्कीमा १४८ सहित प्रदेशका ८ जिल्लामा २१० संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका पोखरा वडा नं १ का ३ पुरुष तथा ३ महिला, २ का ४ पुरुष तथा ३ महिला, ३ का ११ पुरुष तथा ४ महिला, ४ का २ पुरुष तथा ३ महिला, ५ का ५ पुरुष तथा ५ महिला, ६ का १ पुरुष तथा १ महिला, ७ मा ४ पुरुष तथा १ महिला, ८ का ९ पुरुष तथा २ महिला, ९ का ६ पुरुष तथा २ महिला, १० का ५ पुरुष तथा १ महिला, ११ का २ पुरुष, १२ का  २ पुरुष तथा  १ महिला, १३ का ३ पुरुष तथा २ महिला, १४ का २ पुरुष तथा १ महिला, १५ का २ पुरुष २ महिला, १६ का २ पुरुष तथा ५ महिला, १७ का ७ पुरुष तथा ५ महिला, १८ का १ पुरुष,  २१ का १ पुरुष तथा १ महिला, २२ का १ पुरुष, २५ का १ पुरुष तथा १ महिला, २६ का २ पुरुष, २७ का २ पुरुष तथा १ महिला, २९ का १ पुरुष, ३२ का १ पुरुष, वडा नखुलेका ८ पुरुष ६ महिला, मादी गाउँपालिकाकी १ महिला, अन्नपूर्ण गाउँपालिकाका २ पुरुष तथा १ महिला रहेका छन् ।

त्यस्तै संक्रमण पुष्टि हुनेहरुमा बागलुङ बडिगाडका १ पुरुष तथा १ महिला, बागलुङ नगरपालिकाका २ पुरुष, म्याग्दीका पालिका र वडा नखुलेका ५ पुरुष तथा ५ महिला, पर्वत जलजलाका १० पुरुष तथा ६ महिला, स्याङ्जा पुतलीबजार नगरपालिकाका १ पुरुष, वालिङका ३ पुरुष तथा १ महिला,  तनहुँ बन्दीपुरका ६ पुरुष तथा ३ महिला, तनहुँ घिरिङका २ पुरुष, व्यासका २ पुरुष, शुक्ला गण्डकीका १ महिला, पर्वत कुश्माका २ पुरुष, गोरखा शहिद लखन थापा गाउँपालिकाका १ पुरुष, पालुङटारका ४ पुरुष तथा १ महिला, लमजुङ मध्यनेपाल ८ का १ पुरुष, मस्याङ्दीका २ महिला र  सुन्दरबजारका १ पुरुष तथा १ महिला  छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार २८५ पुगेको छ । थप ६१ जना निको भएसँगै प्रदेशमा संक्रमण मुक्त्त हुनेको संख्या ५ हजार ६० पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाबाट पोखराका ४ र स्याङजाका १ गरी थप ५ जनाको मृत्यु  भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button