पोखरामा थप १९ जनामा कोरोना पुष्टि

तनहुँमा ३ संक्रमित थपिए

पोखरा न्यूज । गण्डकी प्रदेशमा आइतबार दिउसो थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार दिउसो कास्कीको  पोखरा महानगरपालिकाका १९ जना र तनहुँका ३ जना गरी थप २२ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं २ का १ पुरुष, ४ की १ महिला, ५ की महिला, ६ का १ पुरुष, ७ की १ महिला, ९ की १ महिला, १० का १ पुरुष, ११ की १ महिला, १२ का २ पुरुष तथा १ महिला, १४ का १ पुरुष, १७ का २ पुरुष तथा १ महिला, १९ का १ पुरुष तथा २ महिला, २६ का १ पुरुष र ३२ का १ पुरुष रहेका छन ।

त्यस्तै तनहुँ शुक्ला गण्डकीका २ पुरुष तथा १ महिला कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ३०७ पुगेको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button