पोखराका थप १३ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा न्यूज । पोखराका १३ सहित गण्डकी प्रदेशमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ४ का ४ पुरुष १ महिला, ७ का १ महिला, ८ का २ पुरुष १ महिला, १३ का १ पुरुष, १४ का १ महिला, १५ का १ पुरुष, वडा नखुलेका १ पुरुष रहेका छन् ।

त्यस्तै बागलुङ नगरपालिकाकी १ महिला, नवलपुर कावासोतीका २ महिला, नवलपुर गैंडाकोटका २ पुरुष तथा १ महिला, नवलपुर देवचुलीका १ महिला, तनहुँ भीमादका १ पुरुष, शुक्ला गण्डकीका १ पुरुष तथा १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १०३३० पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button