पोखराका १०२ सहित आइतबार कास्कीमा ११० जनामा कोरोना पुष्टि

गण्डकीमा २०५ संक्रमित थपिए, थप ५६१ जना संक्रमण मुक्त्त

पोखरा न्यूज । गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा थप २०५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार पोखरा महानगरका १०२ र मादी गाउँपालिकाका ८ गरी कास्कीमा ११० सहित प्रदेशका ८ जिल्लाका २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कुल ९ सय ८८ जनामा कोरोना परीक्षण भएकोमा कास्कीका ११०, बागलुङका ९ , तनहुँका ६, लमजुङका १४, गोरखाका १४, पर्वतका ३ र मुस्ताङका १३ जनामा नतिजा पोजेटिभ देखिएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष, २ का १ पुरुष, ४ का ४ पुरुष तथा ३ महिला, ५ का ४ पुरुष तथा २ महिला, ६ का २ पुरुष तथा २ महिला, ७ का ५ पुरुष तथा ५ महिला, ८ का ६ पुरुष तथा ४ महिला, ९ का २ पुरुष तथा १ महिला, १० का ३ पुरुष, ११ का २ पुरुष तथा १ महिला, १२ का २ पुरुष तथा २ महिला, १३ का २ पुरुष तथा १ महिला, १४ का ८ पुरुष तथा ४ महिला, १५ का १ पुरुष तथा १ महिला, १७ का ४ पुरुष तथा २ महिला, १९ का १ पुरुष तथा २ महिला, २० का १ पुरुष, २२ का १ पुरुष, २५ का १ महिला, २६ का २ पुरुष तथा १ महिला, २७ का १ पुरुष, २९ का १ पुरुष, ३० का २ पुरुष तथा २ महिला, ३१ क १ पुरुष, ३२ का १ पुरुष तथा १ महिला, वडा नखुलेका ४ पुरुष तथा ४ महिला र मादी गाउँपालिका वडा नखुलेका ३ पुरुष तथा १० महिने बालिकासहित ५ महिला रहेका छन् ।

त्यस्तै तनहुँ भीमादका १ पुरुष, शुक्लागण्डकीका ३ पुरुष तथा २ महिला, बागलुङ गलकोटका १ पुरुष, जैमनीका १ पुरुष, बागलुङ नगरपालिकाका १ पुरुष तथा ६ महिला, पर्वत कुश्मा नगरपालिकाका १ पुरुष, फलेवासका १ पुरुष, पैंयूका १ महिला, गोरखा सिरानचोक गाउँपालिकाका ४ पुरुष तथा १ महिला, गोरखा अस्पतालमा उपचाररत ५ पुरुष तथा ४ महिला, लमजुङ मध्ये नेपालका ११ पुरुष तथा ३ महिला, मुस्ताङका ८ पुरुष तथा ५ महिला, नवलपुर विनयत्रिवेणीका २ पुरुष तथा १ महिला, गैंडाकोटका ९ पुरुष तथा २१ महिला, देवचुलीकी १ महिला र कावासोतीका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०४९० पुगेको छ । थप ५६१ जना निको भएसंगै प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ हजार ६२१ पुगेको छ । प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ७६ रहेको छ । कोरोनाका कारण प्रदेशमा हालसम्म १२३ जनाले ज्यान गुमाएका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button