चिसो बढेसँगै गोरखामा हिमपात पर्न शुरु

पोखरा न्यूज । गएरातिदेखि उत्तरी गोरखामा भीषण हिमपात पर्न शुरु भएको छ । मौसममा बदली आएसँगै गएरातिदेखि ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमा लगायतका क्षेत्रमा हिमपात पर्न शुरु भएको सामागाउँका स्थानीयबासी मिङ्मार लामाले जानकारी दिनुभयो ।

हिमपात पर्न शुरु भएसँगै जनजीवन प्रभावित हुन थालेको उहाँले बताउनुभयो । “हिमपातसँगै चिसो पनि बढ्न थालेको छ”, लामाले भन्नुभयो, “दैनिक घरायसी कामकाजमा समेत समस्या हुन थालेको छ ।” उहाँले हिमपातका कारण माथिल्लो क्षेत्रमा करु र गहुँ लगाउने काम रोकिएको जानकारी दिनुभयो ।

“मानिसहरु आवतजावत गर्न, विकास निर्माणका काम गर्न, खच्चडबाट समान दुवानी गर्न पनि समस्या भएको छ”, स्थानीयबासी लामाले भन्नुभयो, “हिमपातका कारण आवासीय रुपमा सञ्चालनमा रहेका विद्यालयहरु समेत चलाउन कठिनाइ भएको छ ।”

अहिले प्रोकभन्दा माथिल्लो क्षेत्रमा हिमपात परेको चुमनुव्री गाउँपालिका-१ का वडाध्यक्ष बीरबहादुर लामाले बताउनुभयो । हिमपातका कारण लार्केपास र रुइला नाका जानेबाटो समेत अवरुद्ध भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button