कतारमा मास्क नलगाउनेलाई प्रहरीद्वारा धमाधम पक्राउ

कतार । कतारमा सार्वजनिक स्थानमा मास्क नलगाई हिँड्ने, सवारी साधनमा तोकिए भन्दा बढीले यात्रा गर्ने नागरिकहरू धमाधम पक्राउ पर्न थालेका छन् । हिजो १२४ र आज १४४ जनासहित हाल सम्म ८१८ जनालाई पक्राउ गरिएको आन्तरिक मन्त्रालयले जनाएको छ ।

निजी सवारी साधनमा परिवार बाहेकको अवस्थामा चालक सहित ४ जना भन्दा बढी चढ्न नपाइने नियमको उल्लङ्घन गर्ने ३८ जना पक्राउ परि सकेका छन् । पक्राउ परेकाहरूलाई सङ्क्रमण रोग सम्बन्धी मन्त्रिपरिषद्को निर्णय १९९० अनुसार कानुन न १७ बमोजिम भाइरस नियन्त्रणमा असहयोग गरेको तथा सावधानीका नियम उल्लङ्घन गरेको कसुरमा ३ वर्ष जेल सजाय वा २ लाख कतारी रियाल सम्म जरिवाना हुन् सक्ने व्यवस्था गरिएको छ ।

सरकारले कोरोना तथा सङ्क्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका पालना गर्न आग्रह गरेको छ । पक्राउ परेका सबै नागरिकहरूको राष्ट्रियता भने खुलाइएको छैन ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button