पोखरामा थप २० जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा थपिए २५ संक्रमित

पोखरा न्यूज । पोखरा महानगरका २० सहित गण्डकी प्रदेशमा बुधबार बिहान थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार सक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ३ का २ पुरुष तथा २ महिला, ४ का १ पुरुष, ६ का ३ पुरुष तथा ३ महिला, ८ का २ पुरुष, ९ का २ पुरुष १ महिला, १२ का १ पुरुष, १५ का १ महिला, १७ का १ पुरुष, २७ का १ महिला छन् ।

स्याङ्जा पुतली बजार नगरपालिकाका २ पुरुष, तनहुँ शुक्ला गण्डकीका २ पुरुष, तनहुँ व्यासका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमितको कूल संख्या १०५३७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button