पोखरामा उपचाररत स्याङजाका पुरुषको कोरोनाका कारण मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  उपचाररत स्याङजा पुतलीबजार १३ का ४६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

कार्तिक २५ गते कोरोना संक्रमण पुष्टि भइ प्रतिष्ठानमा उपचाररत उनको बुधबार बिहान १ बजे  उपचार कै क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button