माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप हुँदै

७७ जिल्लाकै विद्यार्थी सहभागी गराइने

पोखरा । पोखराको दीप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी तथा दीप कम्प्युटर इन्ष्ट्रिच्युटले अघिल्लो वर्षको जस्तै यस वर्ष माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपमा लैजाने भएको छ ।

माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्ड च्याम्पियनसीप एक ग्लोबल कम्पीटिसन हो । जसले विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण गर्दछ । साथै विद्यार्थीलाई माईक्रोसफ्ट सर्टिफिकेशन उपलब्ध गराउँदछ । माईक्रोसफ्ट सर्टीफिकेशन एक अन्तराष्ट्रिय प्रमाण पत्र हो । प्रतियोगितामा जिल्ला स्तरीय, राष्ट्रिय र अन्तराष्ट्रिय गरी तीन तह रहेको छ ।

१३ वर्ष पूरा भई २२ वर्षसम्मको जो कोही प्रतियोगितामा सहभागी हुन सक्दछन् । अघिल्लो वर्ष १३ देखी १८ वर्ष उमेर समूहलाई प्रतिष्पर्धा गराईएको थियो । जिल्ला स्तरको परीक्षा सफल गरेकाबाट छानिएका जिल्ला स्तरीय विजेताहरु नेशनल च्याम्पियनसीपका लागि काठमाण्डौ जानेछन् । काठमाण्डौमा ७७ जिल्लाबाट छानिएका ४ सय ६२ जना बिजेताहरु बीच प्रतिस्पर्धा हुनेछ ।

काठमाण्डौबाट प्रत्येक विधाका २ जना गरी शीर्ष ६ जना विद्यार्थी वल्ड च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरीकाको ओर्लान्डो, फ्लोरिडा जाने छन् । विगत १८ वर्ष देखी यस च्याम्पियनसीप भैरहेको र सन् २०२० मा १३५ देशका १० लाख भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । यस प्रतियोगितामा नेपालले यस अघि २०१३ मा वल्ड च्याम्पियनसीपको उपाधि हासिल गरेको थियो ।

कम्प्युटर शिक्षा तथा उच्च शिक्षा अध्ययनको क्षेत्रमा कार्य गर्दै आएको पोखराको सृजनाचोकमा रहेको दीप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी तथा दीप कम्प्युटर इन्ष्टिच्यूटले माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपमा नेपालका सबै जिल्लाका विद्यार्थीलाई सहभागी गराउने भएको हो । जिल्ला स्तरीय प्रतियोगिता संचालन गर्नको लागि कन्सल्टेन्सीले संम्बन्धित जिल्लामै कम्प्युटर शिक्षामा कार्य गरिरहेको संस्थालाई डिस्ट्रिक पार्टनर प्रदान गरिरहेको छ । प्रतियोगितामा भाग लिन चाहानेहरुको लागी रजिष्टेशन पुस १ गते देखि हुने दीप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीले जनाएको छ ।

प्रदेश नं १ बाट ६, प्रदेश नं २ बाट ८, बाग्मती प्रदेश बाट ८ गण्डकी प्रदेशबाट ९, लुम्बिनी प्रदेशबाट ७, कर्णाली प्रदेशबाट ३ र सुदुरपश्चिम प्रदेशबाट ३ जिल्लाको प्रतियोगितामा सहभागिता हुने निश्चित भएको कन्सल्टेन्सिका सञ्चालक दिनेश लामिछानेले जानकारी दिनुभयो ।

प्रतियोगितालाई प्रभावकारी बनाउने प्रत्येक प्रदेशमा जिल्ला पार्टनर मिट हुनेछ । जस अनुसार प्रदेश नं १ को मंसिर १९ गते ईटहरीमा, प्रदेश नं २ को मंसिर १७ गते जनकपुरमा, बाग्मती प्रदेशको मंसिर १५ गते हेटौडामा, गण्डकी प्रदेशको मंसिर २३ गते बाग्लुङमा, लुम्बिनी प्रदेशको मंसिर ८ गते बुटवलमा, कर्णाली प्रदेशको मंसिर १० गते धनगढीमा र सुदुरपश्चिम प्रदेशको मंसिर १२ गते वीरेन्द्रनगर सुर्खेतमा पार्टनर मिट कार्यक्रम आयोजना गरिएको छ। सम्बन्धित् कार्यक्रममा सहभागी हुन छुटेको जिल्ला पार्टनरहरुको लागी मंसिर २४ गते पोखरामा कार्यक्रम सञ्चालन गरिने अर्का सञ्चालक दीपेन्द्र लामिछानेले बताउनुभयो ।

सहभागी हुन चाहनेहरुको लागी आवश्यक तालिमको व्यवस्था पनि कन्सल्टेन्सीले नै गरेको छ । संस्थाले विभिन्न क्षेत्रका जनशक्तिको आवश्यकता पुरा गर्ने हेतुका साथ ६० भन्दा बढी कम्प्युटर कोर्षहरु साथै माईक्रोसफ्ट, एडब, एप्पल, सिई काउन्सिल आदिको अन्तराष्ट्रिय प्रमाणपत्रका कोर्षहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button