कोरोना प्रभावका बिच दराजले ११.११ का सबै रेकर्ड तोड्यो

पोखरा न्यूज । नेपालको सबैभन्दा ठुलो अनलाइन बजार दराजले कोभिड १९ को बाबजुद ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ ।

११.११ सुरु भएको पहिलो घण्टा भित्र दराजले २ करोड ५२ लाख रुपैयाँको बिक्री दर्ता गरेको जनाएको छ । जुन गत वर्षको भन्दा ६०% ले बढी रहेको दराजले दाबी गरेको छ । अभियानमा दराजमा ५ लाख २० हजार प्रयोगकर्ताहरूको उपस्थिति रहेको र  ७०० भन्दा बढी विक्रेताहरूले २८ विभिन्न सहरहरूमा व्यापार गर्न सफल भएको उक्त संस्थाले जनाएको छ ।

वालेट र कार्ड मार्फत गरिने अनलाइन पेमेन्टमा पनि गत वर्ष भन्दा उल्लेखनीय बढी वृद्धि भएको र जुन पुरै सेल को ४५% रहेको जनाइएको छ । बजारमा महामारीको कारण कम व्यापार भइरहेको बेला ११.११ धेरै व्यवसायहरूको लागि सफलताको वरदान साबित भएको दराजको दाबी छ । कोरोना महामारीको बेला  दराजको सहयात्री कार्यक्रममा दराजमा दर्ता भएका साना र मझौला आकारका उद्यमहरूले कुल व्यापार सङ्ख्याको २३% व्यापार गरेको दराजले जनाएको छ ।

११.११ बारेमा टिप्पणी गर्दै दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भन्नुभयो -” मुलुकको चुनौतीपूर्ण अवस्थाको बाबजुद नेपालमा सफलतापूर्वक ११.११ तेस्रो पटक आयोजना गर्न सकेको हामी खुसी छौँ।  उपभोक्ता र विक्रेता दुवैको लागि केही सकारात्मक चिज ल्याउन सक्यौँ।”  ११.११ जस्ता सेल अभियानहरूले ठुलो रूपमा साना र मझौला आकारका व्यवसायहरूलाई आफ्नो उत्पादन बेच्न प्लेटफर्म प्रदान गर्ने र  ग्राहकहरूले सस्तोमा आफ्ना सपिङ आवश्यकताहरू सुरक्षित रूपमा पूरा गर्ने निर्देशक  अलरिंगले बताउनुभयो ।

यस वर्षको ११.११ मा विगतका २ वर्ष भन्दा  बढी प्रयोगकर्ताहरू, विक्रेताहरू र खरिदकर्ता रहेको भन्दै दराजले सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button