पर्वतमा एक व्यत्तिको भीरबाट खसेर मृत्यु

पोखरा न्यूज संवाददाता । पर्वत जिल्ला महाशीला गाउँपालिका-५ लामेका ५३ वर्षीय नरबहादुर सुनारको भीरबाट लडेर मृत्यु भएको छ ।

मंगलबार आफ्नै गाउँका टेकबहादुर सुनारको घरमा भेटघाट गरी फर्केका नरबहादुर घर नआएपछि खोजतलास गर्ने क्रममा बुधबार दिउसो १.०० बजे लामे भीरको ३० मीटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button