पोखरामा बुधबार २९ कोरोना संक्रमित थपिए, थप ३ को मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशमा बुधबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरका २९ र रुपा गाउँपालिका का २ गरी  कास्की जिल्लामा ३१ जना, तनहुँका ५ जना, स्याङ्जाका ९ जना, गोरखाका ३ जना र म्याग्दीका ३ जना गरी प्रदेशका ५ जिल्लामा थप ५१ जनामा कोरोना भाइरस देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं ३ का २ पुरुष तथा २ महिला, ४ का १ पुरुष, ६ का ३ पुरुष तथा ३ महिला ८ का २ पुरुष तथा १ महिला, ९ का ३ पुरुष १ महिला, १० का १ पुरुष तथा १ महिला, ११ का १ पुरुष, १२ का १ पुरुष, १५ का १ महिला, १७ का १ पुरुष तथा १ महिला, २५ का १ महिला, २७ का १ महिला, वडा नखुलेका १ पुरुष तथा १ महिला र रुपा गाउँपालिका १ पुरुष तथा १ महिला रहेका छन् ।

त्यस्तै  तनहुँ शुक्लागण्डकीका २ पुरुष, व्यासका १ पुरुष, पालिका नखुलेका २ पुरुष, गोरखाको गोरखा नगरपालिकाका २ पुरुष तथा १ महिला, स्याङ्जा वालिङका ३ पुरुष तथा १ महिला, पुतलीबजार नगरपालिकाका २ पुरुष, आँधिखोला गाउँपालिकाका १ पुरुष तथा २ महिला र म्याग्दीको बेनी नगरपालिका ८ का १ पुरुष तथा २ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कूल कोरोना संक्रमितको संख्या १० हजार ५४८ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराको मणिपाल ,जीएमसी र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २ पुरुष तथा १ महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

कार्तिक २७ गते कोरोना संक्रमण पुष्टि भइ पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा १७ की ७८ वर्षीया महिलाको मंगलबार दिउसो १ :५० बजे र कार्तिक २९ गते कोरोना संक्रमण पुष्टि भइ पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा ३ का ८३ वर्षीय पुरुषको मंगलबार बेलुका ७ बजे उपचार कै क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

त्यस्तै कार्तिक २५ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजा पुतलीबजार १३ का ४६ वर्षीय पुरुषको बुधबार बिहान १ बजे उपचार कै क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button